एजेन्सी । नेपाली लेगस्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिगअन्तर्गत पर्थ स्कोचर्सविरुद्ध उत्कृष्ट प्रर्दशन गरेका छन् । सन्दीपले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिएका हुन् । सन्दपले लिभिङस्टोनलाई २६ रनमा आउट गरेका हुन् । उनले मिचेल मार्शलाई ७ रनमा एलबिडब्लू धरापमा पार्दै आउट गरेका थिए । पछिल्लो समय विकेटविहीन भएपछि सन्दीपको आलोचना हुँदै आएको थियो । टस जितेर पहिला ब्याटिङ गरेको पर्थले १३ ओभरमा ४ विकेट गुमाउँदै १ सय ४ रन बनाएको छ ।
Views: 97