2nd March | 2021 | Tuesday | 6:38:18 AM

राखेपद्वारा ९ पूर्वाधार निर्माणका लागि सम्झौता

  POSTED ON : फाल्गुन ४, २०७७ (९:१३ AM)

राखेपद्वारा ९ पूर्वाधार निर्माणका लागि सम्झौता

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न जिल्लामा नौवटा पूर्वाधार निर्माण गर्ने सम्बन्धमा स्थानीय उपभोक्ता समितिसँग एक करोड ९५ लाख बराबरको आइतबार सम्झौता गरेको छ । गण्डकी प्रदेशस्तरीय खेलकुद अभिमुखीकरण कार्यक्रमको शिलशिलामा पोखरामा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल र सम्बन्धित उपभोक्ता समितिबीच सम्झौता भएको छ ।

पोखराको ज्येष्ठ नागरिक बहुद्देश्य कभर्डहल निर्माणका लागि राखेपले ५० लाख उपलब्ध गराउने भएको छ । ५५ लाख ६३ हजार ८६ रुपयाँ ९० पैसा लाग्ने लागत इष्टिमेट रहेकोमा बाँकी रकम समितिले व्यहोनुपर्ने सम्झौतामा उल्लेख छ । त्यस्तै लमजुङको राइनस नपा ६ स्थित गौलीटार रंगशाला निर्माणका लागि राखेपले ५० लाख उपलब्ध गराउने भएको छ । ५५ लाख ९२ हजार एक सय ६१ रुपयाँ पैसा ५१ लाग्ने लागत इष्टिमेट रहेकोमा बाँकी रकम समितिले व्यहोनुपर्ने सम्झौतामा उल्लेख छ । त्यसैगरी राखेपले लमजुङ कभर्डह निर्माणका लागि १० लाख, म्याग्दीको बेनी रंगशाला निर्माणका लागि १० लाख,पर्वतको कुश्मा कभर्डहल निर्माणका लागि १० लाख, तनहुँको चिन्टुटार रंगशाला निर्माणका लागि १० लाख, म्याग्दीको बेनी नपास्थित रत्नेचौर बहुद्देश्य खेलमैदानका लागि १० लाख, बाग्लुङमा मदन भण्डारी कभर्ड निर्माणका लागि १० लाख र गोरखा रंगशाला स्तरोन्नतिका लागि १० लाख उपलब्ध गराउने भएको छ ।

राखेपका सदस्यसचिव सिलवाल र सम्बन्धित उपभोक्ता समितिसँग आइतबारै सम्झौता भएको छ । सम्झौतामा उल्लेख भएअनुसार सम्बन्धित उपभोक्ता समितिले तोकिएको काम २०७८ वैशाख मसान्तभित्र सम्पन्न गरिसक्नुपर्ने छ । सम्झौताका अवसरमा राखेप सदस्यद्वय राजेश गुरुङ, रेनुका श्रेष्ठ, विभागीय प्रमुखद्वय कुलबहादुर थापा, अर्जुन विकलगायतको उपस्थिति थियो ।


Views: 46

सम्बन्धित सामग्री:

सन्दीप पिएसएल खेल्न पाकिस्तानतर्फ

: फाल्गुन १५, २०७७ (१२:५१ PM)

सातदोबाटोको प्रतिस्पर्धात्मक जित

: फाल्गुन १५, २०७७ (१०:०९ AM)