27th February | 2021 | Saturday | 4:24:08 PM

खेलकुद अभिमुखीकरण सम्पन्न

  POSTED ON : फाल्गुन ५, २०७७ (८:५० AM)

खेलकुद अभिमुखीकरण सम्पन्न

पोखरा । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा गण्डकी प्रदेशको खेलकुद अभिमुखीकरण कार्यक्रम पोखरामा सोमबार सम्पन्न भएको छ । यससँगै सातै प्रदेशमा खेलकुद अभिमुखीकरण सम्पन्न भएको छ ।

प्रदेशस्तरीय कार्यक्रमका सहभागीलाई राखेपका सदस्यसचिव रमेशकुमार सिलवाललगायतले एक कार्यक्रमबीच प्रमाण पत्र वितरण गर्नुभयो । कार्यक्रमकै दौरान भेट्रान खेलाडीसँग अन्तक्र्रिया कार्यक्रम भएको थियो । उक्त अवसर युवा तथा खेलकुद मन्त्रालयका सहसचिव भक्तबहादुर ढकाल, राखेपका सदस्यत्रय राजेश गुरुङ, सम्पन्न श्रेष्ठ र रेणुका श्रेष्ठ, प्रशासन विभाग प्रमुख कुलबहादुर थापा, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विकलगायतको उपस्थिति थियो ।

अभिमुखीकरण कार्यक्रममा बागमती प्रदेशका विभिन्न जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख, ओलम्पियन, अन्तर्राष्ट्रिय पदक विजेता, भेट्रान खेलाडी र स्थानीय खेल संघका प्रतिनिधि गरी जम्मा १४९ जना सहभागी थिए ।

कार्यक्रमको दोस्रो तथा अन्तिम दिन सदस्यसचिव सिलवालले स्पोर्ट्स म्यानेजमेन्ट, डा. ज्ञानेन्द्रविक्रम शाहले स्पोर्ट्स मेडिसिन, १०औं सागअन्तर्गत करातेतर्फ एकल काताकी स्वर्णधारी सुलोचना सिजख्वाले स्पोर्ट्स साइकोलोजी र रमन नेपालीले स्पोर्ट्स मोटिभेसनबारे जानकारी दिनुभएको थियो ।


Views: 125