2nd March | 2021 | Tuesday | 7:19:35 AM

बन्द प्रशिक्षणबाट सात खेलाडी बाहिरिए

  POSTED ON : फाल्गुन ८, २०७७ (१०:०८ AM)

बन्द प्रशिक्षणबाट सात खेलाडी बाहिरिए

काठमाडौं । राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट सात खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार ३८ खेलाडीबाट सात खेलाडी बाहिरिएको जनाएको हो । राष्ट्रिय टिमको कार्यवाहक प्रशिक्षक बाल गोपाल महर्जनले पोखरामा जारी प्रशिक्षणबाट सात घटाएर ३१ खेलाडी दोस्रो चरणमा छनोट गर्नुभएको हो । बन्द प्रशिक्षणबाट बाहिरिनेमा अर्पण कार्की, सेसेहाङ लिम्बू, सरोज दाहाल, देवेन्द्र तामाङ, दिलेन लोक्ताम, विकास तामाङ र सुवास गुरुङ रहनुभएको छ ।

फिफा विश्वकप छनोट र एशियन कप छनोटका लागि नेपाली खेलाडीहरू बन्द प्रशिक्षणमा व्यस्त छन् । कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब तीन होम खेल खेल्न बाँकी छ । नेपालले अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेसँग खेल्न बाँकी छ ।

बन्द प्रशिक्षणमा रहेका खेलाडीमा गोलकिपर विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की, विशाल सुनार, डिफेन्डरमा रजिन धिमाल, बिराज महर्जन, विकास खवास, अनन्त तामाङ, छिरिङ गुरुङ, दिनेश राजवंशी, अजित भण्डारी, सुरज विक, रोहित चन्द, निशान खड्का, पाल्साङ लामा रहनुभएको छ ।

यस्तै मिडफिल्डरमा सुजल श्रेष्ठ, विशाल राई, सन्तोष तामाङ, सुनिल बल, हेमन्त थापामगर, एरिक विष्ट, तेज तामाङ, रवि पासवान, त्रिदेभ गुरुङ, संजोक राई, अञ्जन विष्ट, र फरवार्डमा भरत खवास, नवयुग श्रेष्ठ, दर्शन गुरुङ, आशिष लामा र जर्ज प्रिन्स कार्की रहनुभएको छ ।

फिफा विश्वकप छनोट र एसियन कप छनोटअन्तर्गत नेपालसँगको खेलका लागि अष्ट्रेलियाको टिम माघ अन्तिममा नेपाल आइपुग्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले अष्ट्रेलियाको टिम माघ ३० गते नेपाल आइपुग्ने बताउनुभएको छ । नेपालले अष्ट्रेलियासँग चैत १७ गते दशरथ रंगशालामा खेल्नेछ ।


Views: 37

सम्बन्धित सामग्री:

सन्दीप पिएसएल खेल्न पाकिस्तानतर्फ

: फाल्गुन १५, २०७७ (१२:५१ PM)

सातदोबाटोको प्रतिस्पर्धात्मक जित

: फाल्गुन १५, २०७७ (१०:०९ AM)