11th April | 2021 | Sunday | 6:20:41 PM

शहीद स्मारक ‘बी’ डिभिजन लिग : श्री भगवती क्लब विजयी

  POSTED ON : फाल्गुन २०, २०७७ (८:२१ PM)

शहीद स्मारक ‘बी’ डिभिजन लिग : श्री भगवती क्लब विजयी

काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा श्री भगवती क्लब विजयी भएको छ ।     


ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा श्री भगवतीले झम्सिखेल युथ क्लबलाई ३–२ गोलअन्तरले पराजित गरेको हो । श्री भगवती क्लबका नवराज गुरुङ र मोहनबहादुर थापा मगरले एक एक गोल गर्नुभएको हो । झम्सिखेलले एउटा आत्मघाती गोल गरेको हो । झम्सिखेलका लागि मदन स्याङ्तान र अनिश चौधरीले एक÷एक गोल फर्काउनुभएको हो । 

खेलको ११ औँ मिनेटमा झम्सिखेलका सुनिल शाहीले आत्मघाती गोल गर्नुभएको हो । खेलको ३२औँ मिनेटमा झम्सिखेलका स्याङ्तानले गोल गर्नुभएको हो । यस्तै खेलको ५६औँ मिनेटमा भगवतीका गुरुङले तथा ७०औँ मिनेटमा चौधरीले गोल गर्नुभएको हो । खेलको ८४औँ मिनेटमा भगवतीका थापाले दोस्रो गोल गर्दै आफ्नो टोलीलाई ३–२ ले विजयी गराउनुभयो ।  


जीतसँगै भगवती नौ खेलबाट नौ अङ्क जोड्दै लिगको आठौँ स्थानमा उक्लेको छ । यस्तै झम्सिखेल नौ खेलमा ६ अङ्क जोडेर एघारौँ स्थानमा छ । लिगमा १२ वटा क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।    


Views: 86