11th April | 2021 | Sunday | 6:53:43 PM

एसियाकै उत्कृष्ट खेलाडीको सूचीमा किरण

  POSTED ON : चैत्र २१, २०७७ (९:४९ AM)

एसियाकै उत्कृष्ट खेलाडीको सूचीमा किरण

काठमाडौं । एसियाली फुटबलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान किरण चेञ्जोङले ठूलो उपलब्धि हात पार्नुभएको छ । उहाँ एसियाकै उत्कृष्ट खेलाडीको सूचीमा पर्नुभएको हो । योे सफलता हात पार्ने किरण पहिलो नेपाली खेलाडी हुनुहुन्छ । एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार सार्वजनिक गरेको हप्ताको उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको सूचीमा किरणसहित एसियाका १० खेलाडी समेटिएका छन् । पछिल्लो साता अन्तर्राष्ट्रिय फुटबलमा गरेको प्रदर्शनका आधारमा उहाँहरूलाई छनोट गरिएको पनि एएफसीले जनाएको छ । पछिल्लो साता नेपालले घरेलु मैदानमा थ्री नेसन्स कप खेलेको थियो । किरणको कप्तानीमा नेपालले उपाधि नै जितेको थियो ।

गोलरक्षकसमेत रहनुभएका किरणले एक गोलमात्रै व्यहोर्नुभएको थियो । समूह चरणमा किर्गिस्तानको यू–२३ र बंगलादेशी टोलीसँग क्लिनसिट राखेका किरणले फाइनलमा बंगलादेशसँग एक गोल व्यहोर्नुभएको थियो ।

एएफसीले किरणका बारे लेखेको छ, ‘सन् २०१९ सेप्टेम्बरदेखि गोल नगरेको नेपालले यसैहप्ता बंगलादेशलाई २–१ ले हराएर काठमाडौंमा थ्री नेसन्स कप जित्यो । त्यो सफलताको केन्द्रमा गोलकिपर एवं कप्तान किरण चेम्जोङ रहनुभयो । जसले तीन खेलमा एक गोलमात्रै बेहोरे र विराज महर्जनको बिदाइलाई भव्य बनाइदिनुभयो ।’

‘एएफसी इन्टरनेसनल प्लेयर अफ द विक’ मा किरणसँगै यूएईका अली माबखोत, कतारका मोहम्मद मुन्तरी, जापानका युया ओसाका, इरानका सरदार अजमोन, साउदी अरेबियाका सालेह अल सेहरी, इराकका अला अली मवाई, बहराइनका मोहमद मरहुन, जोर्डनका मुसा अल तामरी, ताजिकिस्तानका नका अलिसेर जालिलोभ पर्नुभएको छ ।

दुई वर्षअघि देखि विराज कै स्थानमा किरण कप्तान बन्नुभएको हो उहाँको कप्तानीमा नेपालले थ्री नेसन्स कपमार्फत नै पहिलो उपाधि उचालेको हो । किरण भारतको आइलिगमा पञ्जाव एफसीबाट खेल्नुहुन्छ ।


Views: 55