11th April | 2021 | Sunday | 5:40:44 PM

भोजपुर सदरमुकाममा चौथो अन्तराष्ट्रिय गोलकप फुटबल हुँदै

निरोज कोइराला   POSTED ON : चैत्र २२, २०७७ (६:०४ PM)

  भोजपुर सदरमुकाममा चौथो अन्तराष्ट्रिय गोलकप फुटबल हुँदै

भोजपुर । प्रदेश नम्वर १ को पहाडी जिल्ला भोजपुरमा चौथो मेयर अन्तराष्ट्रिय गोल्ड कप पुरुष फुटबल प्रतियोगिता संचालन हुने भएको छ । 

चौतिस लाखको लागतमा आगामी बैशाख ५ गते देखि ११ गतेसम्म जिल्ला सदरमुकाममा रहेको स्थानीय टुँडिखेलमा संचालन हुने प्रतियोगितामा आठ टिमले सहभागिता जनाउने आयोजक भोजपुर जिल्ला फुटवल संघका अध्यक्ष प्रबिण सुवालले जानकारी दिनु भयो । 

प्रतियोगितामा अफ्रिकन रुट एशोसियसन क्यानरुन, रेड हर्ष फुटवल क्लव इलाम, सगरमाथा युथ एशोसियसन मोरङ, धरान फुटबल क्लब सुनसरी, धनकुटा फुटबल क्लब धनकुटा, खोटाङ्ग भगवती स्पोर्ट क्लब खोटाङ, गोर्खा ब्याइज रुपन्देही र भोजपुर फुटबल क्लब भोजपुर गरी ८ टिमको सहभागिता हुने भोजपुर जिल्ला फुटबल संघका महासचिव तथा प्रतियोगिताका खेल संयोजक सफल किराँतले बताउनु भयो । 

भोजपुर नगरपालिकाको मुख्य प्रायोजन र जिल्ला फुटबल संघको आयोजनामा संचालन हुने प्रतियोगितामा बिजेता र उपबिजेताले क्रमशः नगद ५ लाख, ३ लाख, मेडल ट्रफी र प्रमाणपत्र पाउने छन । प्रतियोगिता संचालनका लागि भोजपुर नगरपालिकाले २५ लाख, भोजपुर जिल्ला फुटवल संघले ५ लाख र अन्य ४ लाखका लागि भने प्रायोजकको खोजी भैरहेको खेल संयोजक किराँतले जानकारी दिनु भयो । 

भोजपुर जिल्ला फुटबल संघले भोजपुर नगरपालिकाको सहयोगमा यस भन्दा अगाडी तीन वटा मेयर कप फुटवल प्रतियोगिता संचालन गरी सकेको छ । भोजपुरमा संचालन हुने प्रतियोगिताले जिल्लामा ५० लाख बरावरको आर्थिक कारोवार समेत हुने फुटवल संघका अध्यक्ष सुवालले बताउनु भयो । खेल पर्यटन प्रवर्धनमा समेत यो प्रतियोगिताले टेवा पुग्ने अध्यक्ष सुवालको भनाई रहेको छ । 

बार्षिकरुपमा संचालन हुदै आएको जिल्ला लिग फुटबल प्रतियोगिता र भोजपुर नगरपालिकाको प्रायोजन तथा जिल्ला फुटबल संघको आयोजनामा यहि चैत्र २० गतेबाट सुरु गर्ने भनिएको तेश्रो महिला मेयर कप फुटबल प्रतियोगिता समेत प्राविधिक कारणले संचालन हुन नसकेपछि उक्त प्रतियोगीता समेत चौथो मेयर अन्तराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता पछि आयोजना गरिने भोजपुर जिल्ला फुटबल संघ भोजपुरका अध्यक्ष सुवालले बताउनु भयो ।


Views: 267