11th April | 2021 | Sunday | 6:43:31 PM

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको खेल तालिका सार्वजनिक

  POSTED ON : चैत्र २६, २०७७ (११:१६ AM)

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको खेल तालिका सार्वजनिक

काठमाडौं । नेपालमा आयोजना हुने त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको खेल नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग खेल्ने भएको छ ।

बैशाख ४ गते हुने खेल दिउँसो २स्१५ बजे सुरु हुनेछ । नेपालले दोस्रो खेलमा मलेसियासँग बैशाख ६ मा खेल्नेछ भने तेस्रो खेल नेदरल्यान्ड्ससँग बैशाख ७ मा खेल्नेछ ।

यस्तै नेपालले अन्तिम लिग खेल बैशाख ९ गते मलेसियासँग खेल्नेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् ।  सिरिजका लागि क्यानले २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

Views: 53