16th May | 2021 | Sunday | 6:02:22 PM

हेल्प नेपाललाई भलिबलको उपाधि

  POSTED ON : चैत्र २७, २०७७ (८:२२ AM)

हेल्प नेपाललाई भलिबलको उपाधि

काठमाडौं । हेल्प नेपालले आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । पुरुषतर्फ हेल्प नेपालले एपीएफ क्लबलाई पराजित गर्दै उपाधि जितेको हो । त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा बिहीबार भएको पहिलो फाइनलमा विभागीय टिम एपीएफ क्लबलाई ३–० को सेटमा पराजित गर्दै हेल्प नेपाल च्याम्पियन बन्यो । हेल्प नेपालले एपीएफमाथि २५–१४, २५–२० र २५–२२ को सोझो सेटमा पराजित ग¥यो ।

हेल्प नेपालले लगातार दोस्रो वर्ष उपाधि जितेको हो । उपाधिसँगै हेल्प नेपालले नगद तीन लाख प्राप्त गरेको छ । उपविजेता बनेको एपीएफले एक लाख ५० हजारमा चित्त बुझायो । नेपाल भलिबल संघको आयोजनामा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ सात तथा महिलातर्फ छ टोलीको सहभागिता थियो । लिगपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।


Views: 81