16th May | 2021 | Sunday | 2:51:05 AM

दोस्रो जिल्ला स्तरिय तथा प्रथम मेयर कप व्याटमिन्टन प्रतियोगीता सम्पन्न

दीपककुमार शर्मा   POSTED ON : चैत्र २९, २०७७ (२:०१ PM)

दोस्रो जिल्ला स्तरिय तथा प्रथम मेयर कप व्याटमिन्टन प्रतियोगीता सम्पन्न

बर्दिया । दोस्रो बर्दिया जिल्ला स्तरिय तथा प्रथम बारबर्दिया मेयर कप व्याडमिन्टन प्रतियोगीता सम्पन्न भएको छ । 

बर्दिया जिल्ला व्याडमिन्टन संघ र बारबर्दिया नगरपालिकाको सयुक्त रुपमा आयोजना गरिएको दोस्रो  जिल्ला स्तरिय तथा  प्रथम बारबर्दिया मेयर कप व्याडमिन्टन प्रतियोगीताको  डबल तर्फको उपाधि रामबहादुर शाही र राजेश चौधरीले जित्न सफल भएका छन भने एकल तर्फको उपाधि सचिन चौधरीले हात पारेका छन् । 

डबल तर्फ ३८ बटा टिमले  भाग लिएको प्रतियोगीतामा  द्धितिय विरेन्द्रकुमार ठकुरी र एक नारायण अधिकारीको टोली भएको थियो भने एक नारायण अधिकारी नरेश मल्ल र प्रणेश ढकालका साथै अर्जुन शाहि र सचिन चौधरीको टिमले तृतिय स्थान प्राप्त गरेको थियो । यसै गरी एकल तर्फ रामबहादुर शाही द्धितिय र एक नारायण अधिकारी र कमल क्षेत्रीले तृतिय स्थान प्राप्त गरेका थिए । प्रतियोगीतामा विजेता टिमलाई लुम्विनी प्रदेश सभा सदस्य तिलक शर्मा हिमाल, बारबर्दिया नगरपालिकाका नगर प्रमुख दुर्गाबहादुर थारु कविर लगायतले प्रमाण पत्र, नगद मेडल तथा ट्रफि प्रदान गर्नु भएको थियो । 

स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने नाराका साथ आयोजना गरिएको दोस्रो बर्दिया जिल्ला स्तरिय तथा प्रथम मेयर कप व्याडमिन्टन प्रतियोगीता २०७७ चैत्र २७ र २८ गते संचालन भएको थियो । जिल्लामा रहेका खेलाडीहरुको पहिचान र खेलकुद क्षेत्रबाट पनि आन्तरिक पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने विश्वास रहेको बर्दिया जिल्ला व्याडमिन्टन संघका अध्यक्ष बालकृष्ण ओलीले बताउनु भयो । 


Views: 116