16th May | 2021 | Sunday | 1:47:23 AM

धनगढीमा किरण आइकोनिक खेलाडीमा अनुबन्ध

हिमालय टाइम्स   POSTED ON : बैशाख २, २०७८ (७:३७ PM)

धनगढीमा किरण आइकोनिक खेलाडीमा अनुबन्ध

धनगढी । किरण चेम्जोङलाई नेपाल सुपर लिग (एनएसएल) को टोली धनगढी फुटबल क्लबले आइकोनिक खेलाडीको रुपमा अनुबन्ध गरेको छ । 

 राजधानीमा बिहीबार धनगढी फुटबल क्लबले एक कार्यक्रमको आयोजना गरेर राष्ट्रिय टोलीका कप्तान किरणलाई आइकोनिक खेलाडकिो रुपमा नियुक्त गरेको हो । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल लिग वैशाख ११ गतेदेखि दशरथ रंगशालामा हँदै छ । एनएसएलका लागि धनगढीले हाइ प्रोफाइल फुटबलर किरणलाई आइकोनिक प्लेयरको रूपमा अनुबन्ध गरेको हो । क्लबले यसअघि नै राष्ट्रिय टोलीका मिडफिल्डर विशाल राईलाई कार्की प्लेयरको रूपमा नियुक्त गरिसकेको छ । यस्तै अक्सनबाट १४ जना खेलाडी पनि टोलीमा अनुबन्ध भइसकेका छन् । धनगढीमा अनुबन्ध भएका किरण झन्डै पाँच वर्षपछी नेपाली फुटबल क्लबमा फर्किनु भएको हो ।  नेपाली फुटबल क्लबमा फर्किएपछि एनएसएलको लागि आफू उत्साहित रहेको बताउनुभयो ।

धनगढीले अक्सनबाट सौजन राई, रूपेश केसी, विजय श्रेष्ठ, योगेश गुरुङ, युद्ध शाही, निराजन महर्जन, विवेक बस्नेत, निशान खड्का, टंक बस्नेत, अशोक खवास, दिनेश राजवंशी, टेकेन्द्र थापा, पुजन उपरकोटी र दर्शन गुरुङलाई टोलीमा समावेश गरिसकेको छ ।

धनगढीले किरणका अलावा अन्य विदेशी खेलाडी पनि अनुबन्ध गरेको छ । विदेशी खेलाडीसहितको टोलीसँग नेपाली खेलाडीले खेल्दा नेपाली खेलाडीको स्तर उकासिने विश्वास राखिएको छ । यस्तै धनगढी फुटबल क्लबले मुख्य प्रशिक्षकको जिम्मेवारी राष्ट्रिय टोलीका पूर्व खेलाडी युगल किशोर राईलाई दिएको छ । नियुक्त हुनुभएका राईले धनगढीलाई राम्रो स्थानमा पु¥याउन मिहिनेत गर्ने बताउनुभयो । यस अघि मनाङ मस्र्याङ्दी क्लबलाई शहीद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बनाइसक्नु भएका तोपे फुजालाई प्रशिक्षकको रूपमा अनुबन्ध गरेको थियो । यस्तै टोलीका मालिक सुवास शाहीले किरण जस्तो टोलीलाई अनुबन्ध गर्दै पहिलो फ्रेन्चाईज लिगमा सहभागिता हुन पाउँदा खुसी भएको प्रतिक्रिया दिनुभयो ।


Views: 72