16th May | 2021 | Sunday | 3:29:43 AM

क्रिकेट शृखंला ट्रफी सार्वजनिक

हिमालय टाइम्स   POSTED ON : बैशाख ३, २०७८ (६:४९ PM)

क्रिकेट शृखंला ट्रफी सार्वजनिक

काठमाडौं । नेपाल, मलेशिया र नेदरल्यान्ड्सबीच आयोजना हुने त्रिकोणात्मक ट्वान्टी–२० शृखंलाको च्याम्प्यिन ट्रफी  शुक्रबार सार्वजनिक गरिएको छ । 

 शनिबारबाट कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयमका आयोजना हुने प्रतियोगिताको ट्रफी नेपालका कप्तान ज्ञानेन्द्र मल्ल, नेदरल्यान्ड्सका कप्तान पिटर सिलर र मलेशियाका कप्तान अजिजले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरेका हुन् ।

कोरोना भाइरसको संक्रमण दर फैलिने त्रासकाबीच पनि आयोजना हुन लागेको शृखंलामा महामारीबाट जोगिन होटल देखी मैदानसम्म सबै प्राब्धान अपनाइएको शृखंलाका निर्देशक माधव कर्माचार्यले बताउनुभयो ।

यस्तै क्यानका महानिर्देशक रौनक मल्लले भोलिबाट आयोजना हुने लागेको शृखंला सम्पन्न गर्नु निकै चुनौतिपूर्ण रहेको बताउनुभयो । कोरोनाको महामारीको चपेटामा पनि आयोजना हुने शृखंलामा दर्शक दीर्घाको लागि टिकटको व्यवस्था मिलाइएको महानिर्देशक मल्लले बताउनुभयो ।


प्रतियोगितामा सहभागि सबै खेलाडीको कोरोना परीक्षण भइसकेको शृखंलाका निर्देशक माधव कर्मचार्यले जानकारी दिनुभयो । शृखंलामा शनिबार पहिलो खेल आयोजक नेपाल र भ्रमणकारी टोली नेदरल्यान्ड्सबीच हुनेछ । 


Views: 92