16th May | 2021 | Sunday | 2:55:28 AM

नेपालले नेदरल्यान्ड्सलाई दियो २३९ रनको विशाल लक्ष्य

हिमालय टाइम्स   POSTED ON : बैशाख ११, २०७८ (३:०८ PM)

नेपालले नेदरल्यान्ड्सलाई दियो  २३९ रनको विशाल लक्ष्य

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनलमा नेपालले नेदरल्यान्ड्सलाई जितका लागि २ सय ३९ रनको विशाल लक्ष्य दिएको छ ।

युवा ओपनर कुशल भुर्तेलले आफ्नो शानदार फर्मलाई फाइनलमा पनि निरन्तरता दिएपछि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा नेपालले ३ विकेट गुमाएर २३८ बनायो ।

कुशलले आफूले खेलेको पाचौं म्याचमा चौंथो अर्धसतक प्रहार गरेका हुन् । ७७ रनको इनिङमा उनले ५३ बलको सामना गर्दै ३ छक्का र ८ चौका हाने ।

भुर्तेलपछि मध्येक्रमका ब्याट्सम्यान कुशल मल्लले पनि विष्फोटक अर्धसतक बनाए ।

यसअघि नेपालले पहिलो विकेटको रुपमा आसिफ शेखलाई गुमाएको थियो । फिलिप्पे बोइसेविनले गरेको तेस्रो ओभरको दोस्रो बलमा आसिफ पेभिलियन फर्किएका हुन् । उनी लामो सट खेल्ले चक्करमा लङअनमा वान मिकेरनको हातबाट क्याच हुँदै पेभिलियन फर्किएका थिए । उनले ८ बलमा एक चौका र २ छक्का सहित १६ रनको योगदान दिए ।

दोस्रो विकेटको रुपमा कप्तान ज्ञानेन्द्र मैदानबाट बाहिरिए । उनी दशौं ओभरको तेस्रो बलमा लङअनमा क्याच हुन पुगेका थिए । फिलिप्पे बोइसेविनले गरेको बलमा कप्तान पिटर सिलारले लङअनमा क्याच गर्दै मल्ललाई मैदान बाहिर पठाएका थिए । उनले १९ बलमा ३ चौका र २ छक्का सहित ३३ रनको योगदान दिए ।

केहीबेर पछि नेदरल्याण्डले ब्याटिङ गर्ने छ ।


Views: 86