21st June | 2021 | Monday | 2:02:07 PM

फ्रान्सको सहज जित

एजेन्सी   POSTED ON : जेठ २७, २०७८ (७:४८ AM)

फ्रान्सको सहज जित

ओलिभर जिरुडको दुई गोल मद्दतमा विश्वविजेता फ्रान्सले पेरिसमा मंगलबार राति भएको मैत्रीपूर्ण खेलमा बुल्गेरियामाथि ३–० गोलअन्तरको जित हात पारेको छ । फ्रान्सका लागि अर्काे एक गोल एन्टोइन ग्रिजमनले गर्नुभयो ।

खेलको १९औं मिनेटमा ग्रिजमनले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाउनुभएको थियो । जिरुडले ८३औं मिनेटमा गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पार्नुभयो । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमै विसाम विन यडरको पासमा जिरुडले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्नुभयो । उहाँले फ्रान्सका लागि १०८ खेलमा ४६ गोल गरिसक्नुभएको छ ।

अब समूह ‘एफ’ मा रहेको फ्रान्सले अर्काे साता जर्मनीसँग खेल्दै युरोकपको सुरुवात गर्नेछ । त्यसपछि १९ जनुमा हंगेरी र २३ जुनमा पोर्चुगलसँग खेल्नेछ । युरोकपमा छनोट हुन असफल बुल्गेरियाले अब आगमी सेप्टेम्वरमा विश्वकप छनोट खेल्नेछ ।

यता स्पेनले लिथुआनियामाथि ४–० का सहज जित हात पारेको छ । स्पेनको जितमा हृयुगो गुलामोन, ब्राहिम डियाज, नुहआन मिरान्डा र जाभी पुआदोले गोल गर्नुभयो । पहिलो हाफमा हृयुगो गुलामोन र ब्राहिम डियाजको गोलबाट २–० को अग्रता लिएको स्पेनले दोस्रो हाफमा जुआनन मिरान्डा र जाभी पुआदोको गोलबाट ४–० को जित निकाल्यो । युरोकपको समूह ‘ई’ मा रहेको स्पेनले स्वीडेन, पोल्याण्ड र स्लोभाकियासँग प्रतिस्पर्धा गर्नेछ ।


Views: 70