जोकोभिचलाई फ्रेन्च ओपनको उपाधि

एजेन्सी   POSTED ON : असार १, २०७८ (७:५९ AM)

जोकोभिचलाई फ्रेन्च ओपनको उपाधि

सर्वियन नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको उपाधि जित्नुभएको छ । पेरिसमा आइतबार राति भएको खेलमा ग्रीसका स्टेफानोस सिसेपसलाई ३-२ को सेटमा पराजित गर्दै जोकोभिच च्याम्पियन बन्नुभएको हो ।

सुरुवाती दुई सेट गुमाए पनि धैर्यता नगुमाएको जोकोभिचले त्यसपछिको तीन सेटमा सानदार पुनरागमन गर्नुभयो । जोकोभिचले पाँचांै वरियताका स्टेफानोससँग पहिलो र दोस्रो सेट ६–७ (६–८) र २–६ ले गुमाउनुभएको थियो । तर त्यसपछि जोकोभिचले एकपक्षीय प्रदर्शन गर्दै सबै २२ वर्षीय स्टेफानोसमाथि तीन सेटमा ६-३, ६-२ र ६-४ को सहज जित निकाल्नुभयो ।

यससँगै जोकोभिचले दोस्रोपटक फ्रेन्च ओपनको उपाधि जित्नुभएको छ । यसअघि उहाँले २०१६ मा फ्रेन्च ओपन जित्नुभएको थियो । समग्रमा जोकोभिचको यो १९औं ग्राण्डस्लाम उपाधि हो । महिलातर्फको उपाधि भने चेक रिपब्लिककी बारबोराले जित्नुभयो । शनिबार भएको फाइनलमा रुसकी एनास्टासिया फाभ्लुचेन्कोभालाई पराजित गर्दै उहाँले उपाधि जित्नुभएको हो ।


Views: 113

Top