युरोकप फुटबल : स्विडेन र स्पेनको बराबरी

  POSTED ON : असार १, २०७८ (९:४२ AM)

युरोकप फुटबल : स्विडेन र स्पेनको बराबरी

स्पेन । युरोकप फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा स्पेन र स्विडेनले गोलरहित बराबरी खेलेका छन् । सेभियामा सोमबार राति स्पेन र स्विडेनले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । यस बराबरीसँगै समूह ई को स्पेनले १ अंक जोडेको छ । स्पेन समूहको दोस्रो स्थानमा रहेको छ । स्विडेन १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । यस समूहमा स्लोभाकिया ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

चेक रिपब्लिकको जितमा प्याट्रिक नायक

प्याट्रिक सिकको दुई गोल मद्दतमा चेक रिपब्लिकले युरोकप फुटबल स्कटल्याण्डलाई २–० गोल अन्तरले पराजित विजयी सुरुवात गरेको छ । ह्याम्पडेन पार्कमा सोमबार राति सम्पन्न खेलको दुवै गोल प्याट्रिकले दुवै गोल गर्नुभएको थियो । खेलको ४२ औं मिनेटमा प्याट्रिकले हेडरमार्फत गोल गर्दै चेक रिपब्लिकलाई सुरुवाती अग्रता दिलाउनुभयो । उहाँले ५२ औं मिनेटमा स्कटल्याण्डका गोलकिपर डेभिड मार्सल अघि बढेको अवस्थामा मैदानको मध्यभागबाट उत्कृष्ट दोस्रो गोल गर्नुभयो । यस जितसँगै समूह डी को चेक रिपब्लिकले महत्वपूर्ण ३ अंक जोडेको छ । चेक रिपब्लिक शीर्ष स्थानमा रहेको छ । स्कटल्याण्डले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । स्कटल्याण्ड समूहको पुछारमा रहेको छ । यस समूहमा इंग्ल्यान्ड ३ अंक जोडेर दोस्रो र क्रोएसिया अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ ।

यता स्लोभाकियाले विजयी सुरुवात गरेको छ । सोमबार राति १० खेलाडीमा समेटिएको पोल्याण्डलाई २–१ गोल अन्तरले पराजित गर्दै स्लोभाकियाले सुखद सुरुवात गरेको छ  ।


Views: 131

Top