कोपा अमेरिका फुटबल : मेस्सीको गोलका बाबजुद अर्जेन्टिनाको बराबरी

  POSTED ON : असार १, २०७८ (९:५० AM)

कोपा अमेरिका फुटबल : मेस्सीको गोलका बाबजुद अर्जेन्टिनाको बराबरी

ब्रजिल । कोपा अमेरिका फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा अर्जेन्टिना चिलीसँग १–१ गोलको बराबरी खेलेको छ ।  एक गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिनाले बराबरी खेलेको हो । खेलको ३३ औं मिनेटमा कप्तान लियोनल मेस्सीले फ्रिकिकमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाउनुभएको थियो । अर्जेन्टिनाका लागि मेस्सीको यो ७३ औं गोल हो । तर, खेलको ५८ औं मिनेटमा एडुवार्डो भेर्गासले गोल गर्दै चिलीलाई १–१ गोलको बराबरीमा फर्काउनुभयो । उहाँले अर्टुरो भिडालले प्रहार गरेको पेनाल्टी अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले रोकेपछि आएको रिबाउन्ड बलमा गोल गर्नुभएको थियो । यस बराबरीसँगै समूह ए मा रहेका दुबै टोलीले एक एक अंक बाडेका छन् । अर्जेन्टिना समूहको शीर्ष स्थानमा रहेको छ भने चिली दोस्रो स्थानमा रहेको छ ।

बोलिभियालाई पाराग्वेले हरायो

कोपा अमेरिका कपकै अर्को खेलमा पाराग्वेले बोलिभियामाथि जित दर्ता गरेको छ । एक गोलले पछि परेको अवस्थामा पाराग्वेले बोलिभियालाई ३–१ ले पराजित गरेको हो 

Views: 153

Top