एमिललाई तीन स्वर्ण

हिमालय टाइम्स   POSTED ON : श्रावण ६, २०७८ (८:१७ AM)

एमिललाई तीन स्वर्ण

काठमाडौं । नेपालको एमिल तेक्वान्दो डोजाङका खेलाडीले तेस्रो एमके क्लासिक खुला अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण जितेका छन् । त्यसका अलावा एमिलका खेलाडीले समान एक/एक रजत र कास्य पनि जिते ।

 पुरुष यू-१० मा एड्रिम राई र यू-९ मा कर्मा तामाङ तथा महिला यू-७ मा विशेषता रञ्जितले स्वर्ण जित्नुभयो । पुरुष यू-९ मा आराध्यदेव अछामीले रजत तथा यू-१३ ब्ल्याकबेल्टमा स्वरूप बायुङ राईले रजत हात पारेको एमिलका प्रमुख प्रशिक्षक विश्व राईले जनाउनुभयो । प्रतियोगितामा राईले निर्णायकको भूमिकासमेत निर्वाह गर्नुभएको थियो ।

प्रतियोगितामा एमिलबाट पाँच खेलाडी सहभागी भएको र पाँचैजनाले पदक हात पार्न सफल हुनुभएको हो । प्रतियोगिता भारतमा जुलाई १६ देखि १८ तारिखसम्म भएको थियो ।


Views: 52

Top