महिला टोलीको प्रशिक्षण सुरु

हिमालय टाइम्स   POSTED ON : श्रावण ६, २०७८ (८:२२ AM)

महिला टोलीको प्रशिक्षण सुरु

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षण सुरु भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबारबाट टिमको प्रशिक्षण सुरु भएको जनाएको छ ।

एएफसी महिला एसियन कप-२०२२ छनोटका लागि नेपालले तयारी सुरु गरेको हो । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले ४५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउनुभएको छ । छनोटमा नेपाल समूह एफमा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् ।

बन्द प्रशिक्षणमा अञ्जना राना मगर, एन्जिला सुब्बा, उषा नाथ, सावित्री किशन, सपना राई, रेनुका नगरकोटी, सरु लिम्बू, अनिता बस्नेत, अनिता केसी, गीता राना, अञ्जली योञ्जन, प्रीति राई, निशा थोकर, सिर्जना चेम्जोङ, हिरा भुजेल, रविना गोले, सुष्मा तामाङ, पुनम जर्गा मगर, अञ्जली वाइबा, हेमा चौधरी, विमला विक रहनुभएको छ ।

यस्तै दीपा राई, सपना लामा, रश्मी घिसिङ, शर्मिला थापा, इन्द्र राई, विमला चौधरी, अमृता जैशी, घिमकुमारी गुरुङ, सिर्जना खड्का, निर्मला विक, मनिषा राउत, पूजा राना, निर्मला उपाध्याय, रेखा पौडेल, दीपा न्यौपाने, शिवानी कुश्वर, सरस्वती हमाल, अमिशा कार्की, कुसुम खतिवडा, सिर्जना सिंह, सविता राणा, रजनी थोकर, सलोनी राना मगर, चुम्लुङमा राईलाई पनि बन्द प्रशिक्षणमा सहभागी गराइएको छ ।

यसैबीच एन्फाले राष्ट्रिय महिला फुटबल टिमका लागि तीनजना सहायक प्रशिक्षक नियुक्त गरेको छ । एन्फाले चेतन घिमिरे, भगवती राना मगर र अरुणा गुरुङलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको हो ।

एन्फाले तीनैजनालाई एएफसी महिला एसियन कप-२०२२ छनोटसम्मका लागि सहायक प्रशिक्षकको जिम्मेवारी दिएको हो । यस्तै गोलकिपर प्रशिक्षकको जिम्मेवारीमा प्रकाश वैद्यलाई नियुक्त गरिएको छ ।

यस समूहको छनोट खेल नेपालमा हुनेछ । एएफसीले छनोटको प्रारम्भिक मिति १३ देखि २५ सेप्टेम्बर (२८ भदौ देखि ९ असोज) लाई तोकेको छ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ ।


Views: 75

Top