बीबीसीमा क्यामरुनका तीन खेलाडी

हिमालय टाइम्स   POSTED ON : श्रावण ११, २०७८ (६:२८ AM)

बीबीसीमा क्यामरुनका तीन खेलाडी

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलका लागि ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ले अफ्रिकी देश क्यामरुनका तीन खेलाडीलाई अनुबन्धन गरेको छ । बीबीसीले मिडफिल्डर रुडी बाकोपसँगै बर्टराण्ड एबोडे र फाब्रिस मर्लिन अथासीलाई एक सिजनका लागि अनुबन्ध गरेको हो ।

योसँगै क्लबले लिगका लागि २२ खेलाडी अनुबन्ध गरिसकेको जनाएको छ । ए डिभिजन लिग असोज पहिलोसाताबाट सुरु हुने कार्यतालिका छ । क्लबले उक्त समयमा लिग आयोजना गर्ने हो भने आवश्यक सम्पूर्ण स्वास्थ्य मापदण्डहरू पूरा गर्नुपर्ने क्लबले जनाएको छ । एन्फाले खेलाडी, अफिसियल र टोलीसँग आबद्ध सबैलाई खोपको व्यवस्था गर्ने भने पनि त्यसबारे कुनै कदम चालेको छैन ।

क्लबले यसबाहेक लिगको खेल तालिकामा क्लबले आपत्ति जनाएको छ । राष्ट्रिय लिग र ए डिभिजन लिग एकसाथ गर्ने प्रस्ताव केही क्लबलाई मात्र फाइदा जनक हुने बताउँदै त्यसलाई परिमार्जन गर्न क्लबले आग्रह गरेको छ ।


Top