फ्लोरिडा ओपनमा सञ्जीवलाई दोहोरो स्वर्ण

हिमालय टाइम्स   POSTED ON : भदौ ३०, २०७८ (७:३५ AM)

फ्लोरिडा ओपनमा सञ्जीवलाई दोहोरो स्वर्ण

काठमाडौं । नेपालका सञ्जीव नेपालीले १४औं फ्लोरिडा ओपन अनलाइन तेक्वान्दो च्याम्पियनसिपमा पुम्सेतर्पm दुई स्वर्ण पदक जित्नुभएको छ । फ्लोरिडाको ओङ तेक्वान्दो एकेडेमीको आयोजनामा भएको च्याम्पियनसिपमा सञ्जीवले ३० देखि ४० वर्षमुनि उमेर समूहको स्पोर्ट्स र टे«डिसनल पुम्सेमा स्वर्ण जित्नुभएको छ ।

सञ्जीवले स्पोर्ट्सतर्पm अमेरिकाका क्लेभ कोलाडोलाई हराउँदै स्वर्ण जित्नुभएको छ । सञ्जीवले ६ अंक बटुल्दा क्लेभले ४.९३४ अंक जोड्नुभएको थियो । प्रेम दर्नालले टे«डिसनल पुम्सेमा स्वर्ण जित्दा स्पोर्ट पुम्सेमा भने रजत पदकमै चित्त बुझाउनुभयो । स्पोट्र्स पुम्सेमा स्विट्जरल्यान्डका डे फ्रेइटा फान्कोइले प्रेमलाई पछि पार्दै स्वर्ण जित्नुभयो । फ्रान्कोइले ६.५१ अंक बटुल्दा प्रेमले ५.८१ अंक जोड्नुभयो । 

यसै च्याम्पियनसिपमा नेपालकी अर्की खेलाडी सन्दीपा अमगाईंले स्पोटर््स पुम्सेमा कास्य र ट्रेडिसनल रजत पदक जित्नुभयो । स्पोट्र्स पुम्सेमा स्वर्ण विजेता अमेरिकाकी नाटलिया मुनेटनले ६.९६ अंक र रजत विजेता फ्रान्सकी ज्लाटकोभिच टमराले ६.१५ अंक बटुल्नुभएको थियो ।

सन्दीपाले भने ५.४५ अंक जोडेपछि कास्य पदकमा खुम्चिन बाध्य हुनुभयो । ट्रेडिसनलतर्पm भने उहाँ रजत पदक जित्न सफल हुनुभयो । गत सेप्टेम्बर ११ देखि भएको च्याम्पियनसिपमा नेपालसहित अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, फ्रान्स, स्विट्जरल्यान्ड र स्लोभानियालगायत राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्नुभयो । १४औं संस्करण भने अनलाइनमा हुँदा पुम्से, भर्चुअल स्पाइरिङ, स्पिड किकिङ, ब्रेकिङ, विपन र पारा तेक्वान्दोको प्रतिस्पर्धा गरेका थिए ।

Top