टेबलटेनिस टोली दोहा प्रस्थान

हिमालय टाइम्स   POSTED ON : आश्विन ९, २०७८ (७:४० AM)

टेबलटेनिस टोली दोहा प्रस्थान

काठमाडौं । पच्चीसौं एसियाली टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रबार कतारको दोहा प्रस्थान गरेको छ । सेप्टेम्बर २५ देखि अक्टोबर ५ तारिखसम्म हुने प्रतियोगिताको पुरुषमा श्यान्टु श्रेष्ठ, विनेश खनियाँ र अमरलाल मल्ल सहभागी हुने छन् । महिलामा एलिना महर्जन, सिक्का सुवाल र इभाना थापा छन् । खेलाडीले विभिन्न सात स्पर्धामा सहभागिता जनाउने अखिल नेपाल टेबलटेनिस संघले जनाएको छ । 

टोली नेतामा टेबलटेनिस संघका केन्द्रीय अध्यक्ष चतुरानन्दराज वैद्य, प्रशिक्षकमा मुख्य प्रशिक्षक सञ्जीव ढुंगेल र शंकर गौतम तथा निर्णायकमा तेजेन्द्रसिंह महरा रहनुभएको छ । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले बिहीबार एक कार्यक्रमबीच बिदाइ गर्नुभएको थियो ।


Top