नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता

हिमालय टाइम्स   POSTED ON : आश्विन ९, २०७८ (७:४९ AM)

नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता

काठमाडौं । एएफसी महिला एसियन कप-२०२२ छनोटका लागि उज्वेकिस्तान पुगेका नेपाली राष्ट्रिय महिला फुटबल टोली स्वदेश फर्किएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीले उक्त टोलीलाई स्वागत गर्नुभएको थियो । प्रतियोगितामा समूह ‘एफ’मा रहेको नेपाल समूह चरणबाट बाहिरिएको थियो । दोस्रो चरणमा गत मंगलबार भएको खेलमा नेपाल हङकङसँग गोलरहित बराबर भएपछि समूह चरणबाटै बाहिरिएको हो । नेपालले छनोट चरणमा दुई खेल खेलेकामा पहिलो चरणमा फिलिपिन्ससँग २-१ गोल अन्तरले पराजित भएको थियो । दुई खेलमा नेपाले एक अंकमात्र जोडेकाले अंक तालिकाको अन्तिम स्थानमा पुगेको थियो ।


Top