ईपीएल–काठमाडौं किंग्स ११ को ललितपुर प्याट्रियसमाथि शानदार जित

हिमालय टाइम्स   POSTED ON : आश्विन ९, २०७८ (४:०५ PM)

ईपीएल–काठमाडौं किंग्स ११ को ललितपुर प्याट्रियसमाथि शानदार जित

काठमाडौं ।  एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) को उद्घाटन खेलमा काठमाडौ ंकिंग्स ११ ले ललितपुर प्याट्रियसमाथि शानदार जित हात पारेको छ ।

शनिबार त्रिवि अन्तर्राष्ट्रिय मैदानमा जारी संस्करणको पहिलो खेलमा काठमाडौँले ललितपुरलाई ७ विकेटले पराजित गरेको हो ।

पहिला ब्याटिङ गरेको ललितपुरले ८ विकेट गुमाए १५७ रन बनाएको थियो । जवाफमा सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं किंग्सले ३ विकेट गुमाएर १४ ओभर २ बलमा लक्ष्य भेट्टायो ।

१५६ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंको सुरुवात राम्रो भएको थिएन । काठमाडौंले १२ रनमै २ विकेट गुमाएको थियो ।

 काठमाडौंको जितमा विदेशी खेलाडी -यान ब्रुलले ३४ बलमा ७३ रनको विस्फोटक ब्याटिङ गरे । यस्तै नेपाली खेलाडी राजु रिजालले नटआउट १९ रनको योगदान दिए भने विदेशी खेलाडी रमल्लाह गुरबाजले ३६ बलमा ५९ रनको योगदान दिए ।

-यान ब्रुलले ३४ बलमा ३ चौका र ७ छक्कासहित ७३ रनको अविजित इनिङ खेले । ओपनर सुवाष खकुरेल शून्य र अमित श्रेष्ठ रनआउट भएका थिए ।

काठमाडौंका लागि जितेन्द्र मुखियाले चार र गुल्शन झाले दुई विकेट लिएका थिए ।



Top