साफ च्याम्पियनसिप फुटबल : बंगलादेशको सामना गर्दै नेपाल

  POSTED ON : आश्विन २७, २०७८ (११:५६ AM)

साफ च्याम्पियनसिप फुटबल : बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं । साफ च्याम्पियनसिप फुटबल अन्तर्गत लिगको अन्तिम खेलमा नेपालले आज बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले बंगलादेशको खेल्दैछ । नेपाल पहिलो पटक साफको फाइनल पुग्न बंगलादेशविरुद्ध बराबरी वा जित पर्याप्त हुने छ । 

राउण्ड रोबिन लिगको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन् । यस्तोमा नेपाल ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।  

नेपालले सुरुआती खेलमा लगातार जित निकाल्ने क्रममा माल्दिभ्सलाई १(० ले हराएको नेपालले श्रीलंकालाई ३-२ ले हराएको थियो भने आइतबार भारतसँग १-० ले पराजित भएको थियो ।

Top