साफ च्याम्पियनसिप : नेपालविरूद्ध बंगलादेशलाई अग्रता

हिमालय टाइम्स   POSTED ON : आश्विन २७, २०७८ (५:१५ PM)

साफ च्याम्पियनसिप : नेपालविरूद्ध बंगलादेशलाई अग्रता

काठमाडौं  । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ मा बंगलादेशले नेपालविरूद्ध अग्रता लिएको छ । 

बंगलादेशले आठौं मिनेटमा पहिलो गोल गर्दै अग्रता लिएको हो । 

नेपाल र बंगलादेश दुबैले फाइनलका लागि खेल्दैछन् । फाइनल प्रवेशका लागि नेपाललाई कम्तिमा बराबरी चाहिन्छ बंगलादेशले भने खेल जित्नुपर्ने हुन्छ। 

अंक तालिकामा माल्दिभ्स ६ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको नेपालको पनि ६ अंक छ।


Top