दोलखामा पहिलो पटक राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता आयोजना हुँदै

गोकर्णप्रसाद भण्डारी   POSTED ON : आश्विन ३१, २०७८ (२:११ PM)

  दोलखामा पहिलो पटक राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता आयोजना हुँदै

   दोलखा । दोलखामा पहिलो पटक राष्ट्रिय रेस्लिङ खेलको प्रतियोगिता आयोजना हुने भएको छ । प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेश र नेपाल रिङ रेस्लिङ संघको संयुक्त आयोजनामा  राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने भएको हो । प्रदेश खेलकुद विकास परिषद्को  साहसिक तथा पर्यटकिय खेलकुद प्रतियोगिता गर्ने कार्यक्रम अन्तर्गत  यो वर्ष रेस्लिङ सँघ र प्रदेश खेलकुद विकास परिषदको सम्युक्त आयोजना मा  प्रथम हाईअल्टिच्युड र च्याम्पियन्सीप २०२१राष्ट्रिय रेस्लिङ प्रतियोगिता आयोजना गर्न लागिएको आज पत्रकार सम्मेलनका बिच आयोजकहरुले बताएका छन् । यो प्रतियोगिता आगामी कार्तिक १३ गते शनिबारका दिन १ बजे बाग्मति प्रदेशको, दोलखा जिल्ला सदरमुकाम चरिकोटको भ्युटावर नजिकै फुटबल मैदानमा सँञ्चालन हुने  आयोजक नेपाल रिङ रेस्लिङ संघको केन्द्रिय महासचिव सबर्ण श्रेष्ठले बताउनु भयोा ।

 प्रतियोगितामा नुवाकोटे टाइगर,थागु,डेभिड,साइन,टुप्पि ग्याङ,एक्स हिरो,लेडि ऐन्जल,तन्नु,सिजे,एससि,जोन लगायत महिला तथा पुरुष खेलाडिहरुको प्रतिस्पर्धा रहने महासचिब श्रेष्ठले बताउनु भयो । प्रतियोगितामा हेभि वेट च्याम्पियनले १ लाख ५० हजार रुपैया, हार्डकोर च्यम्पियनले १ लाख २० हजार, मिडल वेट च्यम्पियनले ८५ हजार रुपैया, टयाग टिम च्याम्पियनले ७५ हजार रुपैया, लाइट वेट च्यम्पियनले ५० हजार रुपैया र  ट्रीपल थ्रेट च्याम्पियनले ४५ हजार रुपैया र साथमा मेडल र प्रमाणपत्र को व्यवस्था रहेको बताएको छ । यस प्रतियोगिताको रेफ्रिका रुपमा प्रदिप पाण्डे, विकास खड्का र शिसम मैनि खेल सञ्चालन गर्ने जनाईएको छ । कार्यक्रम सञ्चालन ख्याति प्राप्त कलाकार जिवन तमाङले गर्ने आयोजकले बिज्ञप्ती मार्फत जनाएको छ । आयोजकले बताए अनुसार  प्रतियोगिताको आयोजना तथा सञ्चालनका लागि २९ लाख रुपैया खर्च हुने प्रदेश खेलकुद विकास परिषद् बागमति प्रदेशका सदस्य सचिब सुर्यलाल भण्डारीले बताउनु भयो ।  सदस्य सचिब भण्डारीका अनुसार नेपालमा रिङ रेस्लिङ खेलको विकास गर्दै अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उदेश्यका साथ यो खेल प्रतियोगिता आयोजना गरिएको हो ।

फोटो : पत्रकार सम्मेलन गर्दै बागमति प्रदेस खेलकुद परिषद्का सदस्य सचिब सुर्यलाल भण्डारी तथा नेपाल रिङ रेस्लिङ संघका केन्द्रिय महासचिब सुबर्ण श्रेष्ठ लगायत स्थानिय खेलकुद समितिका पदाधिकारी ।

   


Top