डबल्समा फाइनल समीकरण पूरा

हिमालय टाइम्स   POSTED ON : मंसिर ९, २०७८ (७:३० AM)

डबल्समा फाइनल समीकरण पूरा

काठमाडौं । एसियन यू-१४ र्‍याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट- २ को ब्वाइज/गल्र्स डबल्सको दुवै स्पर्धामा मंगलबार फाइनल समीकरण पूरा भएको छ । ब्वाइज डबल्समा नेपालका श्रीयोग अधिकारी र भारतका सिद्धार्थ जिबुको जोडीले नेपालका बोरिस अधिकारी र निसाद जोशीको जोडीलाई ७-६ (४), ४-६ र १०-४ तथा नेपालका सक्षमविक्रम शाह र दर्शिल श्रेष्ठको जोडीले नेपालका श्लोककेशर खड्का र पाकिस्तानका अमिर मुहम्मद खान मजारीको जोडीलाई ६-३ र ६-२ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गर्नुभयो ।

गल्र्स डबल्समा नेपालका समृद्धि महर्जन र आध्या पौडेलको जोडीले नेपालका शिभाली गुरुङ र प्राज्ना मानन्धरको जोडीलाई ६-१ र ६-४ तथा सर्किट-१ का च्याम्पियन नेपालका सुनिरा थापा र प्रशंसा मोक्तानको जोडीले नेपालकी कृषा अधिकारी र अमेरिकाकी नाला जोस्फिन मास्केको जोडीलाई ६-० र ६-१ को सोझो सेटमा हराउँदै फाइनलमा पुग्नुभयो । 

सिंगल्समा भने सेमिफाइनल समीकरण तयार भयो । ब्वाइज सिंगल्समा पाकिस्तानका अमिर मुहम्मद खान मजारीले नेपालका श्लोककेशर खड्कालाई ६-१ र ७-६ (६), सर्किट-१ का विजेता सक्षमविक्रम शाहले नेपालका बोरिस अधिकारीलाई ६-१ र ६-२, भारतका सिद्धार्थ जिबुले नेपालका निसाद जोशीलाई ३-६, ६-१ र ६-२ तथा नेपालका दर्शिल श्रेष्ठले नेपालका श्रीयोग अधिकारीलाई ७-५ र ६-१ ले पाखा लगाउँदै सेमिफाइनलमा पुग्नुभयो ।

त्यसै स्पर्धाको गल्र्समा सर्किट-१ की स्वर्णधारी नेपालकी सुनिरा थापाले नेपालकी जेनी खड्कालाई ६-३ र ६-३, नेपालकी आध्या पौडेलले नेपालकी प्राज्ना मानन्धरलाई ६-० र ६-३, नेपालकी प्रशंसा मोक्तानले नेपालकी मान्सा कँडेललाई ६-० र ६-२ तथा अमेरिकाकी नाला जोस्फिन मास्केले नेपालकी कृषा अधिकारीलाई ३-६, ७-६ (४) र ६-१ ले पन्छ्याउँदै सेमिफाइलनमा स्थान पक्का गर्नुभयो ।

Top