रियलले बार्सिलोनालाई हरायो

एजेन्सी   POSTED ON : पुष ३०, २०७८ (८:०५ AM)

रियलले बार्सिलोनालाई हरायो

म्याड्रिड । बार्सिलोनालाई तीन÷दुई गोलअन्तरले पराजित गर्दै रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । रियलको जितमा भिनिसियस जुनियर, कप्तान करिम बेन्जेमा र फेडे भाल्भेर्डेले गोल गर्नुभयो । बार्सिलोनाका लुक डि जोङ र अन्सु फातीले गोल गर्नुभयो ।

खेलको २५औँ मिनेटमा भिनिसियसको गोलबाट रियलले अग्रता बनाएको थियो । ४१औँ मिनेटमा लुक डि जोङले गोल गर्दै खेललाई एक÷एक गोलको बराबरीमा ल्याउनुभयो । ७२औँ मिनेटमा कप्तान करिम बेन्जेमाले गोल गर्दै खेललाई दुई÷एकको अवस्थामा अघि बढाउनुभयो ।

८३औँ मिनेटमा अन्सु फातीले जोर्डी अल्वाको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । अतिरिक्त समयको आठौँ मिनेटमा फेडे भोल्भेर्डेको गोलको सहयोगमा रियलले जित हात पा¥यो ।

यो जितसँगै रियल एल क्लासिकोमा बार्सिलोनासँग लगातार ६ खेलसम्म अपराजित रहन सफल भएको छ । रियल ३ मार्च २०१९ मा घरेलु मैदानमा १-० ले पराजित भएयता बार्सिलोनासँग अपराजित छ ।

अब रियलले उपाधिका लागि १७ जनवरीमा एट्लेटिको म्याड्रिड र एथलेटिको बिल्वाओबीचको विजेतासँग खेल्दैछ । यो खेल आज राति हुँदैछ ।

Top