होबार्टको जितमा सन्दीपको दुई विकेट

हिमालय टाइम्स   POSTED ON : पुष ३०, २०७८ (८:०६ AM)

होबार्टको जितमा सन्दीपको दुई विकेट

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले दुई विकेट लिएको बिग ब्यास लिगको खेलमा होबार्ट हुरिकेन्सले सिड्नी थन्डर्सलाई नौ रनले हराएको छ । १७८ रनको विजयी लक्ष्य पछ्याएको सिड्नीले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १६८ रन बनायो ।

सिड्नीका एलेक्स हेल्सले १७ बलमा सात चौका र एक छक्कासहित ३८ रन बनाउनुभयो । ज्यासन सांघाले १९ बलमा तीन चौका र एक छक्कासहित ३१ रन जोड्नुभएको थियो । बलिङमा होबार्टका कप्तान सन्दीपले चार ओभरमा २६ रन खर्चेर दुई विकेट लिनुभयो । राइली मेरिडिथले चार ओभरमा २९ रन खर्चेर तीन विकेट लिनुभयो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको होबार्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७७ रन बनाएको थियो । होबार्टका कप्तान म्याथ्यु वेडले ५४ बलमा आठ चौका र दुई छक्कासहित ८३ रनको अविजित इनिङ खेल्नुभयो । कालेव ज्वेलले ३२ बलमा पाँच चौका र तीन छक्कासहित ५१ रन बनाउनुभयो । सन्दीपले जारी बिग ब्यासमा १२ खेलमा १२ विकेट लिइसक्नुभएको छ ।

Top