25th September | 2020 | Friday | 10:25:28 PM

सुदूरपश्चिममा सबैभन्दा बढी युवामा कोरोना संक्रमण

देवेन्द्र खड्का   POSTED ON : श्रावण ३१, २०७७ (७:४५ PM)

सुदूरपश्चिममा सबैभन्दा बढी युवामा कोरोना संक्रमण

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी कोरोना संक्रमण युवामा देखिएको छ । प्रदेशमा कुल संक्रमितमध्ये  २ हजार भन्दा बढी युवा रहेका छन् ।  सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार प्रदेशका ९ वटै जिल्लामा गरी शनिबारसम्म जम्मा ४ हजार ८ सय २९ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये १ हजार ५ सय ८६ जना पुरुष र ५ सय ३ जना महिला गरी जम्मा २ हजार ८९ जना २० देखी ३० वर्ष उमेर समुहका युवा रहेका छन् । निर्देशनालयको तथ्याङकअनुसार ० देखी १० वर्ष उमेर समूहका ४२४, १० देखी २० वर्ष उमेर समुहका ६२९, ३० देखी ४० वर्ष उमेर समुहका १ हजार ६, ४० देखी ५० वर्ष उमेर समुहका ४१० जनामा कोरोना पुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुष्टि भएको छ । यस्तै ५० देखी ६० वर्ष उमेर समुहका १७२, ६० देखी ७० वर्ष उमेर समुहका ७५, ७० देखी ८० वर्ष उमेर समुहका १९, ८० देखी ९० र ९० देखी १०० वर्ष उमेर समुहका एक÷एक जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । रोजगारीको लागि भारत तथा तेस्रोे मुलुक गएर स्वदेश फर्किएका युवामा बढी कोरोना पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले बताउनु भयो । उहाँले भन्नुभयो ‘रोजगारीका लागि यहाँका धेरै युवा भारतमा जान्छन वा छन् । त्यसैले यहाँ संक्रमित युवा बढेका हुन् ।’  

थप १५ जनामा कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशमा शनिबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप १५ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार  कैलालीका नौँ र कञ्चनपुरका चार जनामा शनिबार कोरोना पुष्टि भएको छ ।  कैलालीको धनगढी उप–महानगरपालिकाका तीन पुरुष र एक महिला गरी चार जना, घोडाघोडी नगरपालिकाका तीन महिला, गोदावरी नगरपालिकाका एक महिला र एक पुरुष गरी दुई जनामा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताउनु भयो । त्यस्तै कञ्चनपुरको बेलौरी नगरपालिकाका दुई महिला र एक पुरुष गरी तीन जना र बेल्डाँडी गाउँपालिका एक पुरुषमा संक्रमण देखिएका हो । उता डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा पनि दुई जनामा कोरोना देखिएको छ । जिल्लाको अमगरगढी नगरपालिकाकी २३ वर्षीया युवती र बझाङको जयपुथ्वी नगरपालिकाका  १८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको डडेल्धुरा अस्पतालले जनाएको छ । प्रदेशमा संक्रमण पुष्टि भएकामध्ये ४ हजार १ सय ५७ जना डिस्चार्ज भएका छन् भने १२ जनाको मृत्यु भएको छ ।


Views: 139