21st October | 2020 | Wednesday | 8:18:21 AM

सत्याग्रही डा.केसीको जीवन रक्षाको माग गर्दै डडेल्धुरामा प्रदर्शन

दिपकराज भट्ट   POSTED ON : आश्विन १४, २०७७ (७:३१ PM)

सत्याग्रही डा.केसीको जीवन रक्षाको माग गर्दै डडेल्धुरामा प्रदर्शन

डडेल्धुरा । सत्याग्राही डा.गोबिन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाली काँग्रेस डडेल्धुराले प्रदर्शन गरेको छ । बुधबार पार्टी कार्यालयबाट ¥याली निकाली डडेल्धुरा कांग्रेसले बागबजारको भीमदत्तचोकमा कोणसभा गर्दै डा.केसीको मागप्रति ऐक्यबद्धता जनाएको हो ।

 चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै १९ औँ सत्याग्रह थाल्नु भएको डा.केसीको अनशन बुधबार १६ औं दिन पुगेको छ ।  उहाँको स्वास्थ्य अवस्था जटिल बन्दासमेत सरकारले बेवास्ता गरेको बताउँदै कांग्रेसले डा.केसीको जीवन रक्षाको माग गरेको छ । 


उहाँका माग चाँडोभन्दा चाँडो सम्बोधन गरी डा.केसीको जीवन रक्षा गर्नु पर्ने नेपाली कांग्रेस डडेल्धुरा उपसभापति करुणाकर भट्टले बताउनु भयो । उपसभापति भट्टले कोणसभालाई सम्बोधन गर्दै भ्रष्टाचारका लिप्त रहेको सरकारले डा.केसीका मागहरु पूरा गरी नेपाली जनताको हक र हितमा काम गर्नुपर्ने बताउनु भयो ।

आठ दिनसम्म जुम्लाको बाबिरा मष्टा मन्दिरमा अनशन बस्नुभएको डा. केसी गएको बुधबार यता त्रिवि शिक्षण अस्पताल काठमाडौंमा अनशनरत हुनुहुन्छ । 

वरिष्ठ हाडजोर्नी शल्यचिकित्सक डा. केसीले गत वर्ष कात्तिकमा त्रिवि शिक्षण अस्पतालबाट अवकाश पाउनु भएको थियो ।

१९ औं सत्याग्रह थाल्नु अघि ६४ बर्षीय केसीले एक महिना जति डडेल्लधुरा अस्पतालमा स्वयंसेवा गर्नुभएको थियो । त्यसपछि उहाँले पश्चिम नेपालको एक दर्जन जिल्लामा स्वास्थ्य सेवामा सहयोग पुर्याउनु भएको थियो । उहाँका नजिकका आफन्तका अनुसार अवकाश पश्चात डा.केसी मुश्किलले एक महिना पनि काठमाडौं बस्नु भएको छैन । यसअघि उहाँ स्वास्थ्य सेवामा स्वयंसेवकका रुपमा पूर्वी पहाडी जिल्लामा हुनुहुन्थ्यो ।

अवकाश पश्चात डा. केसीले सत्रौँ अनशन डडेल्धुरामा र अठारौं अनशन दार्चुलामा बस्नु भएको थियो । नेपाल–भारत सीमा विवादका कारण उहाँले डडेल्धुराको अनशन स्थगन गर्नु भएको थियो ।

स्वास्थ्यसेवामा पहुँच नहुने नेपाली जनताको सर्वसुलभताको लागि जीवन आहुति दिन तयार रहनु भएका डा.केसीलाई सत्तारुढ दलका कार्यकर्ताबाट बेलावखद दुव्र्यवहार हुने गरेको छ । डोल्पासहित कतिपय जिल्लाका स्थानीय चौकीमा स्वास्थ्यसेवा उपलब्ध गराउन जाँदा उहाँलाई सत्तारूढ दलका स्थानीय जनप्रतिनिधिले दुव्र्यवहार गरेको डा.केसीले गुनासोसमेत गर्नुभएको थियो । 

यसै साता जुम्लाबाट फर्किने क्रममा नेपालगञ्ज बसेर राजधानी जाँदा केसीलाई उहाँको इच्छा विपरीत प्रहरीले राजधानीको ट्रमा सेन्टर लैजाँदा पनि उहाँ माथि दुव्र्यवहार भएको थियो । त्यसको चर्काे आलोचना पछि उहाँलाई पुन त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो ।

डा.केसीले शिक्षण अस्पतालमा मात्रै आफूले स्वास्थ्यसेवा लिने अडान राखेपछि उहाँलाई त्यहाँ लगिएको हो । 


Views: 93