डडेल्धुरा । चाडपर्व नजिकिए संगै डडेल्धुरा जिल्ला सदरमुकाम बागबजार लगायत स्थानीय बजार क्षेत्रहरुमा चहल पहल बढ्न थालेको छ ।
लामो समय देखि कोरोना महामारीले गर्दा बन्द रहेका सवारीसाधनका साथै व्यापार, व्यवसाय सबै संचालनमा आएका छन् ।
बाहिरी जिल्ला र भारतबाट डडेल्धुरा सदरमुकाम आउनेहरुको संख्या बढेको छ । यसले बजारमा चलह पहल पहिलेको तुलनामा ह्वात्तै बढेको छ ।
बजारमा बढेको भीडभाडलाई हेर्दा अवस्था सामान्य भईसकेको जस्तो देखिन्छ तर कोरोना भाईरसको जोखिम कम नभएकाले यस्तो अवस्थामा सबैले सावधानी अपनाउनु पर्ने स्थानीयहरुको भनाइ छ ।
लकडाउनु खुलेपछि बजार खुकुलो भएको र यसका साथै बजारमा अहिले सबैको लापरवाही पनि बढ्को छ । न त माक्स लगाउछन् न त सामाजिक दुरी नै कायम गरेका देखिन्छ ।
चाडपर्व नजिकिएसंगै बिभिन्न कामले सदरमुकाम आउनेको संख्या बढेको हो र जिल्ला बाहिरबाट चाडपर्वका लागि घर जानेको संख्या बढेको स्थानीयको भनाइ छ ।
लकडाउनुका बेला नभएका काम अहिले हुन थालेकाले बजारमा भीडभाड हुने गरेको सेवाग्राहीको भनाइ रहेको छ ।
सवारीसाधनका यात्रु एवं पैदल यात्रु कसैले पनि मास्क प्रयोग गरेको पाईदैन । कोरोनाबाट बच्नका लागि भौतिक दूरी कायम राख्ने, सरसफाइमा ध्यान दिने, साबुनपानीले हात धुने, मास्क लगाउने, लगायतका क्रियाकलाप गरेमा जोखिम न्यूनीकरण हुन सक्ने चिकित्सकहरुको भनाइ छ ।
नेपाल सरकार र जिल्ला प्रशासन कार्यालयबाट समेत कोरोना बाटबच्न विभिन्न सावधानी अपनाउन आग्रह गर्दै आएको छ । तर सर्वसाधारणले भने यस्ता उपायहरु लागू नगर्दा जोखिम बढ्दै गएको डडेल्धुराका व्यापारी राजेन्द्र पनेरुको भनाइ रहेको छ ।
Views: 83