डडेल्धुरा । जिल्लामै पहिलो पटक भागेश्वर गाउँपालिकामा आईसोलेसन केन्द्र निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ ।
भागेश्वर गाउँपालिका सदरमुकाम बगरकोटमा २० शैयाको आईसोलेसन केन्द्र निर्माण कार्य सम्पन्न भएको हो ।
एक स्थानीय तहमा कम्तिमा एक आईसोलेसन केन्द्र निर्माण गर्नु पर्ने नेपाल सरकारको प्रावधान छ । सरकारको प्रावधान अनुसार गाउँपालिकाको आर्थिक सहयोग र स्थानीयको जनश्रमदानबाट आईसोलेसन केन्द्र स्थापना भएको भागेश्वर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हर्षबहादुर रोकाले जानकारी दिनुभयो ।
करिव २० लाख रुपैयाँको लागतमा समिति मार्फत आईसोलेन केन्द्र निर्माण गरिएको रोकाले बताउनु भयो ।
आईसोलेसन केन्द्रमा महिला पुरुषका लागि छुट्टा छुट्टै कोठा बनाईएको गाउँपालिका अध्यक्ष कौशिला भट्टले बताउनु भयो । उहाँका अनुसार मंगलबार एक संक्रमित भेटिएसँगै उनलाई आइसोलेसनमा राखिएको छ ।
आईसोलेसन वार्ड भनिए पनि बिरामी नभएका समयमा क्वारेन्टिनका रुपमा पनि प्रयोग गर्न सकिने अध्यक्ष भट्टले जानकारी दिनु भयो ।
आईसोलन केन्द्र निर्माण भएपछि भारतबाट स्वदेश आएकाहरुलाई क्वारेन्टिनका रुपमा विद्यालयमा राख्नु पर्ने बाध्यताको अन्त्य हुने वडा नम्वर ३ का अध्यक्ष राम शाहीले बताउनु भयो ।
Views: 134