डडेल्धुरा । डडेल्धुरा जिल्ला सुदुरपश्चिमको केन्द्रमा रहेको छ । अझ चाडपर्वको समयमा यहाँ विभिन्न जात्रा तथा महोत्सवले झनै रमाइलो हुने गथ्र्यो । डडेल्धुरा जिल्ला भौगोलिक दृष्टिकोणले पनि रमणीय क्षेत्र हो । यहाँका सातै स्थानीय तहमा पर्यटकीय क्षेत्र रहेको छन् । भागेश्वर गाउँपालिकामा भागेश्वर मन्दिर, सायल झर्ना रहेका छन् भने परशुराम नगरपालिकामा परशुराम मन्दिर रहेको छ । अमरगढी नगरपालिकामा अमरगढी किल्ला, उग्रतारा मन्दिर घटालथान रहेका छन् । अजयमेरु गाउँपालिमा अजयमेरु कोट रहेको छ । गन्यापधुरा गाउँपालिकामा गन्याप ताल र आलिताल गाउँपालिकामा आलिताल रहेको छ ।
यहाँ पर्यटकीय क्षेत्रको अवलोकन गर्नका लागि यस बर्ष भन्दा अगाडि तराई र भारतबाट पर्यटकहरु आउने गरेको पाईन्थ्यो तर यस बर्ष भने कोरोना महामारीका कारण यी क्षेत्रहरु सुनसान बनेका छन् । यसअघि डडेल्धुरामा चिसो छल्नका लागि पनि तराईबाट डडेल्धुरा आउने गरेको पाइने होटल क्ल्यासिकका संञ्चालक मिलन भाटले बताउनुभयो ।
विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरसले सबैभन्दा बढी पर्यटन व्यवसायमा धक्का पुर्याएको छ ।
यी क्षेत्रमा चाडपर्व नजिकिएसँगै अरु बेला घुइँचो लाग्ने गथ्र्यो तर यस बर्ष भने धार्मिक तथा पर्यटकीय क्षेत्र सुनसान नै भएका छन् ।
यहाका धार्मिक क्षेत्रमा चाडपर्वको अवसरकामा मेला महोत्सव, जात्रा हुने गर्थे तर अहिले प्रशासनले भीडभाड नगर्न आग्रह गरेको कारण मेला महोत्सवदेखि जात्रा पनि रोकिएको छ ।
Views: 137