21st January | 2021 | Thursday | 3:24:12 AM

बझाङमा जीप दुर्घटना चालकसहित ४ जना घाइते

सत्यराज सिंह   POSTED ON : आश्विन ३०, २०७७ (१:५३ PM)

बझाङमा जीप दुर्घटना चालकसहित ४ जना घाइते

बझाङ । बझाङमा जीप पल्टिदा चालक सहित ४ जना घाइते भएका छन् । 

चैनपुरबाट भोपुर बजार तर्फ गैरहेको से १ ज १११९ नम्बरको जीप अनियन्त्रित भई जयपृथ्वी नगरपालिका ११ भोपुर ब्यारेक नजिकै १० मिटर तल खसेको छ । 

जीप दुर्घटनामा परि घाइते हुनेमा  जयपृथ्वी नगरपालिका वडा नं. ११ का बर्ष २१ का अग्नि जोशी, सोहि ठाउँ घर भएका बर्ष २० का भक्तराज जोशी मष्टा गाउँपालिका ४ घर भएका  बर्ष ४२ का शेरबहादुर थापा र चालक सुर्मा गाउँपालिका २ का २३ बर्षिया सुयोग बोहोरा घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी नरेन्द्र सिंह कार्कीले बताउनु भयो । 

घाइते चारै जनाको कम्मर , टाउँको , हात खट्टामा चोट लागेको र अग्निराज जोशीको भने टाँकोमा र कम्मरमा चोट लागेकाले थप उपचारको लागि हवाईजहाज मार्फत नेपालगन्ज लगिएको र अरु तीन जनाको जिल्ला अस्पताल सिमखेतमा उपचार भैरहेको जिल्ला अस्पतालका प्रमुख डा. सन्दिप ओखेडाले बताउनु भयो । 


Views: 179