बझाङ । बझाङको हिमाली स्थानियतह तथा हिमाली गाउँपालिकामा आँखा शिविर सुरु भएको छ । जिल्लाको साइपाल गाउँपालिकामा कार्तिक १ गते शनिबार देखि सुरु भएको आँखा शिविरमा शनिबार आखाँमा समस्या भएका ३६ जनाको आँखाको सल्यक्रिया तथा उपचार गएिको छ ।
सुदूरपश्चिम प्रदेश सरकार, तिलगंगा आँखा अस्पताल काठमाडांै, साइपाल गाउँपालिका र जिल्ला अस्पताल बझाङको आयोजनामा संचालन भएको आँखा तथा वृहत स्वास्थ्य शिविरमा अन्य भिडियो एक्सरे , हाइडोशिल लगायतका स्वास्थ्य सेवाको समेत शिविरमा सेवा प्रधान गरिएको जिल्ला अस्पताल बझाङका प्रमुख डा.सन्दिप ओखेडाले बताउनु भयो ।
स्थानीयहरुलाइ स्वास्थ्यको सेवा सुविधा लिन तथा उपचार गराउन सदरमुकाम चैनपुर आउन एक हप्ता लाग्ने र यातायातका साधनहरु नपुगेकाले साइपाल गाउँपालिकामा आँखाको समस्या देखिएका धेरै विरामी भएका कारण स्थानियस्तरमै सेवा दिने उदेश्यले शिविरको आयोजना गरिएको साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले बताउनु भयो ।
गाउँपालिकाले असोज महिनामा गरिएको सामान्य परिक्षणमा ९ सय २३ जनाको सामान्य जाँच तथा आँखा परिक्षण गरिएकोमा त्यहाँका जेष्ठ नागरिकहरुमा ६ सय ४३ जना भन्दा बढीमा आँखाको समस्या देखिए पछी तिलगंगा आँखा अस्पतालका कार्यकारी निर्देशक तथा डा. रिता गुरुङ लगायत ९ जना चिकित्सक सहित ४० जना स्वास्थ्यकर्मीहरुको टोली उक्तm ठाउँमा पुगेको छ । साथै शिविरमा आइतबार विहान सम्म १४ सय भन्दा बढी विरामीहरुरले अन्य सेवा सुविधा लिएको , १ सय ३५ जनालाई चस्मा वितरण गरेको, ३६ जनाको आँखाको अप्रेसन गरिएको शिविर टोलीमा सहभागी पत्रकार बसन्तप्रताप सिंहले बताउनु भयो ।
पहिलोपटक स्थानियस्तरमै शिविर संचालन भएपछी स्थानियहरु खुसी हुनुका साथै धेरै पैसा खर्च गरेर उपचारका लागि जिल्ला बाहिर जानु पर्ने बाध्यता हटेको साइपाल गाउँपालिका काँडा घर भएका स्थानीय बमबहादुर बोहोराले बताउनु भयो । विकट त्यसैमा यातायातका साधनहरु नपुगेको साइपाल गाउँपालिकामा सामान्य स्वास्थ्य उपचार गराउन पनि तथा जटिल अवस्थाको विरामीलाई उपचारको अभावमा ज्यान गुमाउनु परेको तथा हेलिकप्टर मार्फत उद्धार गर्नु पर्ने अवस्था आउने गर्दछ । उक्तm शिविर सुदुरपश्चिम प्रदेश सभामुख अर्जुन बहादुर थापाले उद्घाटन गर्नु भएको थियो ।
Views: 136