3rd December | 2020 | Thursday | 7:24:29 AM

हराइरहेको प्रहरी जवानको शव नदी भित्र गाडेको अबस्थामा फेला

हिमालय टाइम्स   POSTED ON : कार्तिक ४, २०७७ (२:४२ PM)

हराइरहेको प्रहरी जवानको शव नदी भित्र गाडेको अबस्थामा फेला

काठमाडौं ।  कैलालीको अस्थायी प्रहरी बिट, जुगेडामा कार्यरत प्रहरी जवान रामबहादुर साउदको पनि शव भेटिएको छ ।

प्रहरी बिटका इन्चार्ज गोविन्द विकको शव भेटिएको ठाउँको करिब २०० मिटर टाढा साउदको शव भेटिएको हो ।

गस्तीमा गएका बेला प्रहरी सहायक निरीक्षक गोविन्द बिकसँगै हत्या भएका प्रहरी जवान रामबहादुर साउँदको आज विहान शव फेला परेको छ ।

आइतबार बिहान मोहना नदीमा बिकको शव फेला परे पनि साउदको अवस्थाभने दुई दिनसम्म अज्ञात रहेको थियो । निरन्तरको खोजी प्रयासपछि आज विहान नदीमा पानीभित्र शव गाडिएको अवस्थामा फेला पारेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एवम् प्रहरी उपरीक्षक दिलिप देउवाले जानकारी दिनुभयो ।

मृतक साउँदको शरीरको अन्य भाग बालुवाले छोपिए पनि खुट्टा भने पानीभित्र देखिएको जनाइएको छ । खुट्टा देखिएको आधारमा शव फेला पारिएको हो ।

घटना भएको स्थानमा देखिएको दृश्य र फेला परेको प्रमाण अनुसार दुवै जनाको अन्यत्र हत्या गरेर नदीमा फालिएको प्रहरी निष्कर्ष छ । आपराधिक समूहले दुवै जना प्रहरीको हत्या नजिकको उखुबारीमा गरेको प्रहरी अनुमान छ ।


Views: 76