3rd December | 2020 | Thursday | 7:23:43 AM

दशैंमा पनि व्यापार नभएपछि बैंकको ब्याज र पसल भाडा तिर्न व्यापारीलाई चिन्ता

दिपकराज भट्ट   POSTED ON : कार्तिक ६, २०७७ (२:१० PM)

दशैंमा पनि व्यापार नभएपछि बैंकको ब्याज र पसल भाडा तिर्न व्यापारीलाई चिन्ता

 डडेल्धुरा । नेपालीहरुको महान पर्व  वडादशै तिहार, छठ लगायतका ठूला चाडपर्व नजिकिँदै गर्दा डडेल्धुरा जिल्लाका व्यापारिक बजारमा चहलपहल बढेको छ तर व्यापार भने खासै नरहेको डडेल्धुराका व्यापारीहरु बताउछन् ।  

विगतका वर्षहरुमा दशै नजिकिएसँगै निकै भिड हुने बजारमा यस वर्ष कोभिड १९ संक्रमणको जोखिमका कारण ब्यापारमा रौनक छैन ।

सुदूरपश्चिम प्रदेशकै सात पहाडी जिल्लाकै मुख्य केन्द्रको रुपमा रहेको डडेल्धुरा सदरमुकाम बजार बागबजारमा यति बेला व्यापारमा उल्लास देखिदैन । 

 हिन्दु हरुको मुख्य चाड दशै तिहार नजिकिदै गर्दा बजारमा चहलपहल छ तर ब्यापार भने छैन । केही पसलहरुमा सामान खरिद गर्न जानेहरु निकै न्यून देखिएका छन ।

खासगरी लत्ताकपडा, रेडिमेड कपडा पसल, घरायसी सामग्री, मोबाइल फोन लायतका बाजरमा सुनसान देखिएको छ ।

विगतमा चाडपर्वको समयमा निकै भिड हुने बजार यसपटक ब्यापार ब्यबसाय सुन्य हुँदा व्यापारिहरु पनि निरास बनेका छन ।

डडेल्धुरा जिल्लामा यतिबेला दशैं नजिकिदै गर्दा चहलपहल बढिसकेको हुन्थ्यो तर यस पालि भने पनि भिडभाड त बढ्यो तर सामान किन्नेको संख्या पहिलेको बर्ष जस्तो रहेको छैन । 

कोभिड १९ कोरोना भाईरस संक्रमणको जोखिमका कारण गाउँबाट मानिसहरु किनमेलका लागी बजार नआउनु र कोभिड १९ कोरोना भाईरस रोकथाम गर्न सरकारले गरेको लकडाउनका कारण विकास निर्माणका काममा कमि आउनुका साथै कामका सिलसिलामा देश बिदेश गएकाहरु कोरोना भाईरसको त्रासले घर फर्केर बेरोजगार बस्नु मुख्यकारण हुन सक्ने व्यापारी माधव पन्तको  भनाइ छ ।

सरकारले लकडाउन र निषेधाज्ञा खुकुलो बनाएर आर्थिक गतिविधि बढाउन प्रयास नगरेको भने होइन ।

तर, तीव्र रूपमा फैलिएको कोरोनाले परिस्थिति गम्भीर बनाएको छ । कोरोना प्रभावबाट बाहिर आउन अझै दुई तीन वर्ष लाग्न सक्ने व्यापारी व्यवसायी बताउँछन् । 

कोरोनाका कारण विगतमा ठूलो लगानी गरेका व्यापारी चिन्तित बनेका छन् । सोचेजस्तो व्यापार नभएकाले बैंक र फाइनान्सको किस्ता कसरी तिर्ने भन्ने समस्या उनीहरूमा देखिएको छ ।

कोभिड–१९ का कारण अहिले यी क्षेत्रमा चहलपहल देखिए पनि व्यापार व्यवसाय भने विगत वर्षभन्दा निकै घटेको छ ।  यस वर्ष ९० प्रतिशत व्यापार कम भएको व्यापारी बताउँछन ‘गत वर्ष यो समयमा हामी मात्र नभएर भरियासमेत अति व्यस्त थिए, अहिले सबै काम नपाएर बस्नुपरेको छ, दिनमा दुई हजार पनि व्यापार हुँदैन ।’ कोभिडका कारण उपभोक्ता नभएपछि व्यापारीक क्षेत्र सुनसान मात्रै भएको छैन यसको असर समग्र अर्थतन्त्रमा समेत पर्ने देखिएको छ ।


Views: 105