3rd December | 2020 | Thursday | 1:02:35 AM

तीन पत्रकारद्वारा महासंघबाट राजीनामा

सत्यराज सिंह   POSTED ON : कार्तिक ६, २०७७ (८:१६ PM)

तीन पत्रकारद्वारा महासंघबाट राजीनामा

बझाङ । नेपाल पत्रकार महासंघ बझाङ कार्यसमितिका ३ जनाले सामूहिक राजीनामा दिएका छन् । नेपाल पत्रकार महांसघ केन्द्रिय कार्यालयले जिल्लाका सबै शाखाहरुलाई सदस्यता नविकरण तथा योग्यता पुगेका पत्रकारहरुलाई महासंघको सदस्यताका लागि परिपत्र गरको थियो । पत्रकारितासंग कुनै साइनो सम्बन्ध नभएको र आसेपासेलाई पत्रकार महासंघको नयाँ सदस्यताका लागि महांसघ बझाङ शाखाले सिफारिस गरेको प्रति आपत्ति जनाउदै प्रेस संगठन नेपाल बझाङ शाखाले पत्रकार महांसघ जिल्ला शाखा बझाङको कार्यालयमा तालाबन्दी गरेको थियो । 

तालाबन्दी पछी पटकपटक बैठक बसि कुनै छलफल नभए पछी  नेपाल पत्रकार महासंघका उपाध्यक्ष, कोषाध्यक्ष र सहसचिवले पदबाट सामुहिक राजीनामा दिनुभएको छ । महासंघका नयाँ सदस्य वितरणमा महासंघका अध्यक्ष र सचिवले एकाधिकार जमाएको भन्दै असन्तुष्टि जनाउँदै सामुहिक राजीनामा दिएको बताइएको छ । राजिनामा दिनेमा उपाध्यक्ष सम्राट सिंह, कोषाध्यक्ष राजेन्द्र सिंह र सहसचिव सुवास कठायतले आजदेखि लागू हुने गरी सामुहिक राजीनामा दिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । 


Views: 166