3rd December | 2020 | Thursday | 12:58:49 AM

बर्षाैदेखिको पानीको समस्या समाधान

दिपकराज भट्ट   POSTED ON : कार्तिक ७, २०७७ (३:४१ PM)

बर्षाैदेखिको पानीको समस्या समाधान

डडेल्धुरा । बर्षाैंदेखि खानेपानीको हाहाकारमा रहेका स्थानीयलाई अमरगढीका मेयरले आफ्नै बारीको मूलबाट पानी दिएपछि स्थानीय हर्षित भएका छन् 

आधारभुत आवश्यकताका रुपमा रहेको पानीबाट यहाँका वासिन्दा बर्सौदेखि समस्यामा थिए । घण्टौं कुर्नुपर्ने र उकालीमा सकिनसकी गाग्री बोकेर पानी ल्याउन धाउनु पर्ने अमरगढी ९ चमालेकका तीस परिवारको पिडामा नगर प्रमुख ओझाले मलहम लगाउनु भएको छ ।                              

पटक पटकका निर्वाचनमा सबैका आश्वासन चमालेकका नागरिका लागि खानेपानी पुर्याउने मात्रै हुन्थ्यो तर नगर प्रमुख विश्वेश्वरप्रसाद ओझाले आफ्नो बाचा पूरा गरेर देखाउनु भएको छ ।

नगरप्रमुखले उक्त खानेपानीको अनुगमन समेत गर्नुभएको छ ।

 उक्त अवसरमा चमालेकका नागरिहरुले फूलमालाले नगर प्रमुख ओझाको स्वागत र सम्मान गर्दै अबिरमालाले स्वागत गरेका थिए ।

चमललेकका शेरबहादुर तिरुवाले  भन्नुभयो, "हामी मरुभूमिमा थियौं मेयर ज्युले  आफ्नै बारीको खानेपानीको मूल दिएर ठूलो गुन लगाउनु भयो हामी दलित परिवारले सच्चा नेताको गुन बिर्सने छैनौं ।"

यहाँका आम नगरिकको मुहारमा खुशी छाएको छ । अब गाउँमा पानी आएपछि आफुले तरकारी फलफूल खेती लगाउने र गाउँ मुहार फेरिने विस्वास यहाँका आम नागरिकले लिएका छन् ।


Views: 145