3rd December | 2020 | Thursday | 7:11:27 AM

आमाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा

  POSTED ON : कार्तिक ९, २०७७ (११:०८ AM)

 आमाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा

कैलाली । कञ्चनपुरमा बन्चरोले हानेर छोराले आमाको हत्या गरेका छन् ।

जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ३ स्थित सुकुम्बासी बस्तीमा बस्दै आएका ३० वर्षीय पप्पु वादीले ६० वर्षीया आमा पार्वतीको बन्चरोले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

शनिबार राति घरायसी विवाद हुँदा छोराले आमालाई बन्चरो प्रहार गरेका थिए ।

छोराको आक्रमणबाट गम्भीर घाइते  पार्वतीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

आमाको हत्या गरेका पप्पुलाई नियन्त्रणमा लिइ कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले बताएको छ ।




Views: 74