8th March | 2021 | Monday | 8:09:25 AM

छविस घटनाका हत्याआरोपित तीन जना पक्राउ

सत्यराज सिंह   POSTED ON : माघ १४, २०७७ (५:४२ PM)

छविस घटनाका हत्याआरोपित तीन जना पक्राउ

बझाङ  । बझाङमा खुँडा प्रहार गरिे हत्या गरिएका युवकका हत्या आरोपित तीन जना पक्राउ परेका छन ।

 छविसपाथिभेरा गाउँपालिकाको वडा नम्बर ३ मा रहेको बान्नीचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा मंगलबार साँझ भएको विवाद पछि खुँडा प्रहार गर्दा बर्ष २७ का अमृत सिंहको ज्यान गएको थियो । 

खुँडा प्रहार गर्ने मध्येका  एक जना सोही गाउँपालिका वडा नम्बर २ का बर्ष ३२ का ज्ञानबहादुर कडायतलाइ मंङ्लबार नै घटनास्थलबाटै पक्राउ गरेको थियो, भने, सोहि ठाउँका फरार रहेका अन्दाजी बर्ष २८ , ३० का  प्रकाश ऐडी र केदार ऐडीलाइ बुधबार थलारा गाउँपालिकाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ । नेपाली कांङ्ग्रेस समर्थक नेपाल विध्यार्थि संघ बझाङले हत्यारालाइ कारबाहीको माग गर्दै सदरमुकाम चैनपुर बजार बन्द गदै नाराजुलुस समेत गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ । 


तस्वीर–हत्या विरोधमा आन्दोलित स्थानीय


Views: 52