27th February | 2021 | Saturday | 3:43:23 PM

हामी न्यायालयलाई धम्क्याउँदैनौं, न्यायालयको विश्वास गर्छौं : प्रधानमन्त्री ओली

देवेन्द्र खड्का   POSTED ON : फाल्गुन १०, २०७७ (६:५४ PM)

हामी न्यायालयलाई धम्क्याउँदैनौं, न्यायालयको विश्वास गर्छौं : प्रधानमन्त्री ओली

महेन्द्रनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दिन भित्र प्रतिनिधिसभा विघटनसम्बन्धि मुद्दामा फैसला हुने  बताउनु भएको छ । 

सोमबार दैजी–छेला औद्योगिक क्षेत्रको शिलन्यास गर्न कञ्चनपुर पुगेका प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले संसद विघटन संम्बन्धि मुद्दामा अबको दुई दिन भित्र फैसला गर्न सक्ने बताउनु भयो । दैजी–छेला औद्योगिक क्षेत्र शिलन्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले दुई दिन भित्र संसदविघटनको मुद्दामा फैसला हुने र देश  निर्वाचन तर्फ जाने बताउनु भयो । ‘देश निर्वाचन तर्फ जाँदैछ ।’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘अबको दुई÷तीन दिनमा संसद विघटन सम्बन्धि मुद्दामा पनि फैसला हुन सक्छ ।’ उहाँले अगाडी थप्नुभयो ‘केही साथीहरुले प्रधानमन्त्री ओलीले अदालतलाई धम्की दिदै छन् भन्ने आरोप लगाएका  छन्, ती साथीहरुलाई म भन्न चाहन्छु मैले कसैलाई धम्की दिन आवश्यक छैन ।’ ‘हामी न्यायालयलाई धम्काउँदैनौ, हामी न्यायालयको विश्वास गर्छौ ।’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले कार्यक्रमबाटै देश निर्वाचन तर्फ जाने भएकाले सबैलाई पार्टीमा फर्कन आग्रह गर्नुभयो । ‘देश निर्वाचन तर्फ जाँदैछ, त्यसैले नजानेर, अरुका कुराको भ्रममा परेर पार्टी छोड्नु भएका नेता कार्यकर्ता साथीहरु पार्टीमा फर्किनहोस् ।’ प्रधानमन्त्री ओली भन्नुभयो ‘मिलिजुली काम गरौ,देश बनाउनेलाई साथ दिनुहोस्, देश बर्बाद गर्नेलाई होइन ।’ त्यस्तै प्रधानमन्त्री ओलीले संसद पुनस्र्थापना भएपनि आफुहरुको राजनिति नसकिने बताउनुभयो । ‘हामी देश र जनताको पक्षमा काम गरिरहेका छौं ।’ प्रधानमन्त्री ओली भन्नुभयो ‘त्यसैले संसद पुनस्र्थापना भएपनि हाम्रो राजनिति सकिँदैन,साथीहरु ढुक्क बस्नुहोस् ।’ उहाँले अगाडी थप्नुभयो ‘संसद पुनस्र्थापना भएपछि प्रधानमन्त्री खोज्ने, पार्टी खोज्ने, कुर्सीको भागबन्डा गर्ने यस्तो प्रकृतिको खराब राजनीति देशमा पुनः शुरु हुने छ ।’

 प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका छन् । रिटहरुमाथि प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ तथा बहस भइरहेको छ ।

निर्मलाका हत्यारा खोज्ने अधिकारकर्मी पक्राउ

प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रममा ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखेको टिसर्ट लगाउने ६ जना अधिकारकर्मी समाजसेवीहरुलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा अधिकारर्मी शारदा चन्द, आन्नदी राना, लक्ष्मी मल्ल, निर्मला जोशी भट्ट, खडक बिष्ट, र मिना भण्डारी हुनुहुन्छ । उहँहरुलाई ईलाका प्रहरी कार्यालय झलारीमा राखिएको छ । दैजी बजारमा आफुहरुले ‘निर्मला पन्तको बलात्कारी खै ? लेखेको टिसर्ट लगाएर उभिएको मात्र थियौ, आफुहरु माथी प्रहरीले धडपकड गरेको र एकजना सहकर्मी आन्नदी राना घाईते भएको अधिकारर्मी शारदा चन्दले बताउनुभयो । निर्मला पन्तलाई बलात्कार गरेर मारेकोे तीन बर्ष पुग्दा समेत अहिलेको सरकारले हत्यारा पत्ता नलगाउँदा आफुहरुले निर्मलाको न्यायको लागि टिशर्ट लगाएर कुनै पनि गलत क्रियाकलाप नगरेको उहाँले बताउनु भयो ।


Views: 87