11th April | 2021 | Sunday | 7:11:15 PM

भीरबाट खसेर एक महिलाको मृत्यु

एकेन्द्र खत्री   POSTED ON : फाल्गुन १९, २०७७ (३:४९ PM)

भीरबाट खसेर एक महिलाको मृत्यु

अछाम । भीरबाट खसेर एक महिलाको ज्यान गएको छ । अछाम जिल्लाको पञ्चदेवलविनायक नगरपालिका– ७पुल्लेतोला रजाँञ्या निवासी जक्ति कामीकी ५३ बर्षीया श्रीमती धर्मादेवि कामीको घाँस काट्न गएका बेला भीरबाट खसेर ज्यान गएको हो ।

मङ्गलवार घरबाट पर रातापगाहार भन्ने भिरमा कोइरालोको घाँस काट्ने क्रमका सय मिटर तल खोल्सामा खसेर उनको घटना स्थलमै ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ । उनको टाउकोमा गम्भीर चोट लागेको छ । उनको आज अन्तिम दाहसंस्कार गरिने छ । मृतक कामीका श्रीमान् २ छोरा र ४ छोरी रहेका छन् ।



Views: 53