11th April | 2021 | Sunday | 7:07:21 PM

बझाङमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत तीन हजार बढीलाई रोजगार

सत्यराज सिंह   POSTED ON : फाल्गुन १९, २०७७ (५:३१ PM)

बझाङमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत तीन हजार बढीलाई रोजगार

बझाङ । बझाङमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत १२ वटै स्थानीय तहका ३ हजार ५ सय २९ हजार युवाले सय दिन बराबरको रोजगारी पाउने भएका छन् ।

 सरकारले युवालाई लक्षित गर्दै कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना निर्माण तथा मर्मतमा बेरोजगारलाई लगाएर उनीहरुलाई रोजगारी दिने योजनाअन्तर्गत गत वर्षदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरिएको थियो ।

यो कार्यक्रम अन्र्तगत कामदारलाई सरकारले दैनिक पाँच सय १७ रुपैयाँ ज्याला दिने गर्छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्र्तगत केन्द्र बाट ज्याला बाफतको रकम मात्र आउने भएकाले स्थानिय तहले दक्ष जनशक्ति र आवश्यक निमार्ण सामाग्रीका लागी बजेट छुटयाउन सके यो कार्यक्रम झनै प्रभावकारी र दिगो हुने जयपृथ्वी नगरपालिकाका रोजगार संयोजक रामचन्द्र धामीले बताउनुभयो । जिल्लामा यो कार्यक्रम अन्र्तगत कुलो, नहर, बाटो, खानेपानी निमार्ण, सामुदायिक वन संरक्षण, वृक्षारोपण, सडक मर्मत, तटबन्धन जस्ता निमार्णका कामहरु हुदै आएका छन । 

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्र्तगत बुङगल नगरपालिकामा ७ सय २० जना, जयपृथ्वी नगरपालिकामा ३ सय १६ जना, केदारस्यु गाँउपालिकामा ३ सय ९ जना, थलारा गाउँपालिकामा ४ सय ६५ जना, तलकोट गाँउपालिकामा ४ सय ४ जना, दुर्गाथली गाउँपालिकामा १ सय ५६ जना, छविसपाथीभेरा गाँउपालिकामा १ सय ३६ जना, खप्तडछान्ना गााउपालिकामा १ सय २९ जना, सुर्मा गााउपालिकामा २ सय ४४ जना मष्टा गाउँपालिकामा २ सय ३४, साईपाल गाँउपालिकामा १ सय २९ जना र वित्थडचिर गाँउपालिकामा २ सय ८७ जना गरी जिल्ला भरी ३ हजार ५ सय २९ जनाले रोजगारी पाउने छन । 

यस आर्थिक बर्षमा मात्र स्वरोजगार कार्यक्रम अन्र्तगत करिब १७ करोड बराबरको विकास निमार्णका काम सुरु भएका छन । जयपृथ्वी नगरपालिकाका ३ सय १६ जना बेरोजगारहरुले सय दिन बराबरको कामबाट १ करोड ६३ लाख ३८ हजार रुपैया पाउने भएका छन । बुङगल नगरपालिकामा यस आर्थिक बर्षमा ७ सय २० जनाले ३ करोड ७२ लाख २४ हजार पाउने भएका छन । यस्तै यो कार्यक्रममा सडक निमार्ण, तटबन्धन र वडा कार्यालयमा ज्यालाको काम भईरहेको छ । काम गरे बाफतको रकम सिधै उनीहरुको बैक खातामा जाने भएकाले आर्थिक अनियमितता हुने सम्भावना कम  छ ।


आर्थिक बर्ष २०७७÷०७८ को साउन भदौमा सबैभन्दा बढी बुंगल नगरपालिकामा ३ हजार ४ सय ३९ जना र सबै भन्दा कम साईपाल गाँउपालिकामा २ सय ५१ जनाले आवेदन दिएका थिए । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्र्तगत गत बर्ष विभिन्न पुर्वाधार निमार्णका कामहरु गरेको र यस बर्ष पनि पुर्वाधार विकासमै जोड दिईएको तल्कोट गाँउपालिका रोजगार संयोजक पुष्कर सिंहले बताउनुभयो । योजनाहरुको दिगोपनका लागी समेत गाउँपालिकासंग सहकार्य गरेर अघि बढीरहेका छौ । सरकारले काम गर्दा हुने घटनालाई मध्यनजर गर्दै कामदारहरुको विमा समेत गर्ने गरेको छ  ।

बर्षभरि बेरोजगार भएर बस्नुपर्दाको पिडालाई सम्झदै जयपृथ्वी नगरपालिका वडा नं १ की पारसी सिंहले यो कार्यक्रम सुरु भए संगै घरखर्च चलाउन सहज भएको,अहिले आफ्नै गाउमा बाटो निमार्णको काम गरिरहेका छौ । अब त्यहाँ बाट आउने पैसाले बालबालिकाको पढाई खर्च, लुगाकपडा किन्न समेत सहयोग पुग्ने काम गर्दै गर्दा रोजगार संगसंगै सिप पनि सिकिरहेको समेत बताउनुभयो । यता थलारा गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्याले गत बर्ष पनी प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्र्तगत आफ्नो गाउँपालिकामा विकास र्निमाणका काम भएको गाउँपालिकाले पनी केहि बजेट छुट्याइ योजनाहरुको दिगोपनका साथै  स्थानियस्तरमा समेत रोजगार पाउने भएकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई प्रभावकारीरुपमा अगाडी बढाउन आफु लागि परेको बताउनुभयो ।




Views: 98