16th May | 2021 | Sunday | 6:19:27 PM

अस्पताल बन्नुपर्ने माग गर्दै स्थानीय आन्दोलित

कृष्ण विष्ट   POSTED ON : चैत्र २०, २०७७ (९:२५ AM)

अस्पताल बन्नुपर्ने माग गर्दै स्थानीय आन्दोलित

बैतडी । बैतडीका स्थानीय आन्दोलित बनेका छन् । जिल्लाको पञ्चेश्वर गाउँपालिकाकै केन्द्रमा अस्पताल बन्नुपर्ने माग गर्दै उनीहरू आन्दोलित भएका हुन् । १० शैय्याको अस्पताल गाउँपालिकाको केन्द्रमा बन्नुपर्ने माग गर्दै पञ्चेश्वर गाउँपालिका–४ का स्थानीय आन्दोलित भएका हुन् । 

गाउँपालिकाले १० शैय्याको अस्पताल कुलाउमा बनाउने प्रयास गरेको भन्दै गाउँपालिकाको केन्द्र भएकै ठाउँमा अस्पताल बन्नुपर्ने उनीहरूले माग गरेका छन् । नेपाल सरकारले प्रत्येक स्थानीय तहमा १० शैय्याका अस्पताल बनाउने रणनीतिअनुसार सबै पालिकमा बजेट पठाएको छ ।

बैतडीका केही स्थानीय तहमा गएको मंसिरमा अस्पतालहरू शिलान्यास गरिएको भए पनि पञ्चेश्वरमा भने काम अघि बढ्न सकेको छैन । स्थानीयहरूको अवरोधका कारण अस्पतालको काम अघि बढ्न सकेको छैन । गाउँपालिकाको केन्द्र भएकै ठाउँमा पालिकास्तरीय अस्पताल बन्नुपर्ने स्थानीयको माग छ ।

तर, आफूहरूको मागका बारेमा सुनुवाइ नभएपछि बुधबार ¥यालीसहित कोणसभा गरेको संघर्ष समितिका सदस्य वीरबहादुर चन्दले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्षले एकलौटी रूपमा कुलाउमा अस्पताल स्थापना गर्ने प्रयास गरेको उहाँले बताउनुभयो । आफूहरूले गाउँपालिकामा ¥यालीसहित पुगेर ज्ञापनपत्रसमेत बुझाएको चन्दले बताउनुभयो ।


Views: 59