16th May | 2021 | Sunday | 6:22:16 PM

अवस्थी जेलमुक्त भएपछि विप्लव समूहका गतिविधि बढे

सत्यराज सिंह   POSTED ON : चैत्र २०, २०७७ (६:१० PM)

अवस्थी जेलमुक्त भएपछि विप्लव समूहका गतिविधि बढे

बझाङ । सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भएसँगै बझाङ जिल्लामा विप्लव समुहका गतिविधि बढ्दै गएका छन् । काठमाडांैमा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव समुहका नेता नेत्र विक्रम चन्द विप्लवले एकै मञ्चबाट सम्बोधन गरेपछी तथा पक्राउ परेका विप्लव समुहका नेता कार्यक्रतालाई जेल मुक्त गर्ने सरकारसंग समझदारी भएपछि गतिविधि बढ्न थालेका हुन् । विहिबार विप्लव समुहका जिल्ला सचिवालय सदस्य देवदत्त अवस्थी जेल मुक्त भएका छन् ।

 विप्लव समूह निकट विध्यार्थीहरुको जेष्ठ ४ गते हुने सम्मेलनलाइ प्रचार प्रसार गर्नको लागी शुक्रबार सदरमुकाम चैनपुरका विभिन्न ठाउँका भित्ताहरुमा विप्लव समुहका नेता कार्यक्रताहरुले ‘जातिय विभेद अन्त्य गरौ‘ , बैज्ञानिक समाजवाद जिन्दावादलगायत बैज्ञानिक समाजबादी ब्यबस्थाका एकीकृत जनक्रान्ति नाराले रंगाएका छन । जो कोही भए पनी बैज्ञानिक समाजवादमा गलत प्रविर्तिको विरोद गर्दै सकारात्मक सोचको विकासमा हातेमालो गर्न विप्लव समुहनै उतम रहेको विप्लव निकट विद्यार्थी संगठनका जिल्ला अध्यक्ष कमल थापाले बताए । साथै सडकका भिताहरुमा नाराहरु लेख्दै विप्लव समुहका नेता कार्यक्रताले बैज्ञानिक समाजवादका लागी विप्लव समुहमा लाग्न आम नागरिकलाइ अनुरोध पनी गरेका छन । 

जिल्ला कारागार बझाङमा विप्लव समुहका ५ जना नेता कार्यक्रता रहेका भएपनी एक जना भने विहिबार छुटेका छन । साथै अन्य नेता कार्यक्रताहरुलाइ रिहाइ गर्न पनी सरकार संग विप्लवका नेता कार्यक्रताहरुले आग्रह गरेका छन । 



Views: 152