16th May | 2021 | Sunday | 7:25:34 PM

अछाममा भाइरल ज्वरोका बिरामी बढे

एकेन्द्र खत्री   POSTED ON : चैत्र २२, २०७७ (२:४८ PM)

अछाममा भाइरल ज्वरोका बिरामी बढे

अछाम । अछाममा भाइरल रोगका बिरामी बढेका छन् । मौसममा आएको परिवर्तन सँगै अछाममा पनि भाइरल रोगका बिरामी बढेका हुन् । 

विगत केही दिनमा देशैभर बायुप्रदुषण बढेको र तेस्को असर अछाममा पनि परेको छ । गर्मी याम र  मौसम बदली हुँदा अछामका १० वटै स्थानीय तहका घरघरमै भाइरल रोगका रोगका बिरामी भेटिन थालेका हुन् । 

भाइरल रोगबाट बालबालिका, बृद्धबृद्धा, विद्यार्थी, गर्भवती महिला, दिर्घरोगी र सञ्चार कर्मी बढी प्रभावित भएका छन् । पछिल्लो एक सातादेखि निरन्तर भाइरल ज्वरोका बिरामी बढेका हुन् । जिल्ला अस्पताल लगायत जिल्लाका सबै स्वास्थ्य संस्थामा ज्वरो आउने, टाउको, पेट दुख्ने, बान्ता हुने र रुघाखोकी लाग्ने लक्षण देखिएका बिरामीको सङ्ख्या बढेको जिल्ला अस्पताल अछामका डक्टर हितेश खड्काले जानकारी दिनुभयो । मौसम परिवर्तन र वातावरण प्रदूषणका कारणले जिल्लामा बिरामीको चाप बढेको उहाँले बताउनुभयो । पछिल्लो पटक जिल्ला अस्पताल अछाममा मात्रै दैनिक ३० देखी ४० जना सम्म भाइरल रोगका बिरामीहरू उपचारका लागी आउँछन् । गएको एक सातामा अस्पतालबाट करिब ३ सय जना भन्दा धेरैले स्वास्थ्य चेकजाँच गरेको उहाँले बताउनुभयो । ग्रामीण क्षेत्रमा औषधी अभाव भएको स्वास्थ्य संस्थाहरूले जनाएका छन् । 

जिल्लामा भाइरल रोगका बिरामी दिनानुदिन बढिरहेका बेला स्थानीय सरकारले औषधी उपचारको व्यवस्था गर्न नसकेको स्थानीयको आरोप छ । गाउँमा धेरै भाइरलका बिरामी देखिएकोले उच्च सतर्कता अपनाउन स्वास्थ्यकर्मीले नागरिकलाई सुझाउन थालेका छन् । 


Views: 75