18th May | 2021 | Tuesday | 8:34:55 AM

विद्यालयमा पढाइ नभएको भन्दै विद्यार्थीले गरे तालाबन्दी

सत्यराज सिंह   POSTED ON : चैत्र २३, २०७७ (१०:५९ AM)

विद्यालयमा पढाइ नभएको भन्दै विद्यार्थीले गरे तालाबन्दी

बझाङ । बझाङको दुर्गाथली गाउँपालिकामा रहेको एक प्राविधिक धारको विद्यालयमा पढाइ नभएको भन्दै विद्यार्थीले तालाबन्दी गरेका छन । दुर्गाथली गाउँपालिकामा रहेको चौधारी माध्यमिक बिद्यालयमा आईएससीएजी अध्ययनरत बिद्यार्थीहरुले शिक्षकहरुले पढाइ नगरेको र तत्काल पढाई सुचारु गर्नुपर्ने माग राख्दै विद्यालय बन्द गराएका हुन । विद्यालयले लामो समयसम्म आईएससीएजीका विद्यार्थीहरुलाई शिक्षकले पढाइमा बेवास्ता गरेको र विद्यालय सञ्चालन भएको डेढ महिना बितिसक्दा पनि पढाई नभएको भन्दै आफुहरुले विद्यालयमा तलाबन्दी गरेका विद्यार्थीले बताएका छन । 

विद्यार्थीहरुले पटकपटक बिद्यालयमा पढाई निरन्तरताको लागि अनुरोध गरेपनि शिक्षक र विद्यालय प्रशासनले बेवास्ता गर्ने गरेको बिद्यार्थीहरुले बताएका छन । पटकपटक शिक्षकहरुले अटेरी गरेपछि चैत १६ गते  बिजय खातीको संयोजकत्वमा तालाबन्दी गरेको विद्यार्थीले बताए । विद्यालयमा तालाबन्दी भएपछि आईएससीएजी र ९ र १० कक्षाका बिद्यार्थीहरुको पठनपाठन बाधा भएको छ । सीटीइभिटीबाट मान्यता प्राप्त आईएससीएजीमा २५ जना बिद्यार्थीहरु विद्यालयमा अध्यनरत छन । 

विद्यालयका प्रधानाध्यापक खगेन्द्र मिश्रले भने, तलब सम्बन्धमा बिबाद हुँदा शिक्षकहरु उपस्थित नहुँदा पठनपाठन अवरुद्घ भएको बताउनु भएको छ । साथै विद्यार्थीहरुले पनि जानकारी बिना नै तालाबन्दी गरेको र कुरा गर्न खोज्दा बिचमा ४÷५ दिन सार्बजनिक बिदा भएको हुदाँ हामीले विध्यार्थीहरुको माग पुरा गर्न नसकेको र केहि दिनमै शिक्षकहरु पुग्ने भएकाले छलफल गरेर विद्यालय नियमित रुपमा संचालन गर्ने समेत बताउनु भएको छ । 


Views: 92